नौबिसे अग्ग्रो रिसोर्ट उद्घाटन गर्न पुगिन् संचिता।

नायिका संचिता लुइटेलको हातमा अहिले चलचित्र छैन । नायिका लुइटेल चलचित्र भन्दा पनि उद्घाटनमा बढी व्यस्त छिन् । नायिकालाई विभिन्न सौन्दर्य प्रतियोगीताको निर्णायक बसेको पनि देख्न सकिन्छ । उनै नायिकाले धादिङको नौविसेमा संचालनमा आएको एक रिसोर्टको उद्घाटन गरेकी छिन् । ‘नौबिसे एग्रो रिसोर्ट’को धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नायिका लुइटेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् । रिसोर्टमा सेमिनार, सभा हल, रेष्टुरा, गार्डेन रेष्टुरा र बारको व्यवस्था छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस