धादिङ रिचोकटारमा पाँच बर्षिय बालकको हत्या।

धारिलो हतियार प्रयोग गरेर धादिङको बेनीघाट रोराङ्ग गाँउपालिका वडा नम्बर–३ रिचोकटारमा एक बालकको हत्या गरिएको छ ।
पाँच वर्षको आयुस सार्कीलाई निजकै काका सिताराम सार्कीले आईतबार सांझपख घरमा नै खेली रहेको अवस्थामा धारिलो हतीयारको प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।बालकको हत्या पछि सिताराम फरार रहेकाले हत्यामा उनको संलग्नता रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । आईतबार सांझ करिव ८ बजे सो घटना भएको हो । हत्याको कारण भने अहिलेसमम खुलेको छैन । हत्याको आरोप लागेका सिताराम सार्की फरार भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । फरार सितारामको खोजी भई रहेको छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस