थाक्रे गाउँपालिकाको बजेट ४० करोड, कुन कुन क्षेत्रमा कति ?

धादिङको थाक्रे गाउँपालिकाले आगामी आ.व ०७५/०७६ को लागि ४० करोड बजेट प्रस्तुत गरिएको छ । आइतबार उपाध्यक्ष अम्बिका रुपाखेतीले ११ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ रु. ३ करोड ८४ लाख ७० हजार, पुजिंगत खर्च तर्फ रु १९ करोड ४ लाख १४ हजार र जनसहभागिता रु. १ करोड ९६ लाख ६ हजार ८ सय गरी कुल पुजिँगत खर्च रु. २१ करोड २० हजार ८ सय सर्सत तर्फ १५ करोड ८९ लाख रुपैया सहितको कुल वजेट रु.४० करोड ७३ लाख ९० हजार ८ सय हुने अनुमानित व्यय विवरण पेश गरेकी हुन् । 

 जस अनुसार क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ रु. १ करोड २२ लाख ५० हजार सामाजिक विकास तर्फ रु. ५ करोड २३ लाख ३० हजार पूर्वाधार विकास तर्फ १० करोड १० लाख ६९ हजार वातावरण तथा विपद ्व्यवस्थापन तर्फ ७१ लाख संस्थागत विकास सेवा प्रवाह र शुसासन तर्फ रु. १ करोड ७६ लाख ६५ हजार र जनसहभागिता तर्फ रु.१ करोड ९६ लाख ६ हजार ८ सय गरी क्षेत्रगत विनियोजन गरको छ । 

 त्यसैगरी गैरसरकारी संस्थाहरुवाट आगामी आ.व को चालु तर्फ रु. ६१ लाख र पुजिँगत तर्फ रु. ४ करोड ५० लाख ४६ हजार ४ सय ४० रुपैयाको वजेट परिचालन हुने पालिकाले जानकारी दिएको छ । गाउँपालिकाले कृषि, शिक्षा, खेलकुद, सूचना प्रविधि लगायतका क्षेत्रमा बजेट छुट्टाइएको छ । 
Source-Pabilnews
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस