धादिङबाट SEE मा को भए जिल्ला टप ?


धादिङ असार १० । धादिङ जिल्लाबाट शैक्षिक वर्ष २०७४ को माध्यमिक योग्यता परीक्षा (एसईई) मा अस्मिता लम्साल, कन्चन मल्ल ठकुरी र रोजिना अर्याल जिल्ला टप भएका छन् । धादिङ बोडिङ धादिङबेसीबाट अस्मिता लम्साल, न्यू किवो बोर्डिङ स्कुल धादिङबेबाट कन्चन मल्ल ठकुरी र सक्सेज एकेडेमी गल्छी बैरेनीबाट रोजिना अर्यालले समान ३.९० जिपिए ल्याइ जिल्ला उत्कृष्ट बनेका हुन् । जिल्लाको उत्कृष्ट नतिजा ल्याउने धादिङ बोर्डिङ एनप्याब्सनमा आवद्ध विद्यालय हो भने, सक्सेस एकेडेमी प्याब्सन धादिङ सँग आवद्ध विद्यालय हो । धादिङ जिल्लाबाट ०७४ को माध्यमिक शिक्षा (एसईई) परीक्षामा ६ हजार ३ सय ६२ जना सहभागी भएका थिए। गत चैत्र ८ गतेबाट सुरुभएको एसईईको परिरक्षामा धादिङबाट नियमित तर्फ ६ हजार २ सय ६० जना र एक्जामटेड तर्फ १ सय २ जना विद्यार्थीहरुले परिक्षा दिएका थिए ।
From DhadingPost
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस