धादिङमा भारतीय नम्बरका २ ट्रकमा आगजनी, बजारमा क्षेत्रमा फैलिएको आगो निभाउन काठमाडौंबाट दमकल मगाइयो

३० वैशाख,चलिसे,
धादिङ । धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रक जलेको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतिय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक जलेर ध्वस्त भएको हो । बिहान करिब ३ बजेदेखी आगो लागेपछि स्थानिय, प्रहरी र चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरी माटो हालेर आगो दायाँ बाँया नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागि भएको २ घण्टा पछि ५ बजे काठमाण्डौँ महानगरको दमकल लेराएर अहिले आगो नियन्त्रणमा लिईएको छ । आगलागि बाट मानविय क्षति भएको छैन । बस्ति, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागि भएपछि स्थानिय त्रसित भएका थिए । आगलागी पछि विद्युतको तार जल्दा विद्युत सेवा अवरुद्द भएको छ । आगो कसरी लाग्यो भन्ने बारेमा पुष्टि हुन सकेको छैन । विप्लप नेतृत्वको नेकपा माओबादीको बन्दका कारण उनिहरुले नै आगजनी गरेको अनुमान गरिएपनि पुष्टि भने नभएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख जिवन निरौलाले बताएका छन् ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस