सतुंगलमा भएको दुर्घटनामा धादिङ गल्छीका तामाङको मृत्यु

काठमाडौंको सतुंगलमा जीपको ठक्करबाट धादिङको गल्छी ४ का सोमबहादुर तामाङको मृत्यु भएको छ । बा १७ च ९३३० नम्बरको जीपले बा ८० प ९२२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइल चालक सोमबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको नैकापमा बस्दै आएका गल्छी गाउँपालिका ४ का ४२ वर्षीय सोमबहादुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस