कुटपिटमा संग्लन अचने उ.मा.बि का शिक्षकमाथि इन्सेकले गर्यो कारबाहीको माग

धादिङ्ग - त्रिपुरासुन्दरी गाउँपालिका ७, खहरेमा अवस्थित अचने उच्च माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेका शिक्षकलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार आयोग धादिङले कारवाहीको माग गरेको छ ।

कक्षा ११ मा पढ्ने सीजन अधिकारीलाई कुटपिट गरेको भन्दै उनका परिवारले विभिन्न सञ्चार माध्यमसम्म कुरा पुर्याएपछि अन्य गैरसरकारी संस्थाहरुले समेत कारवाहीको माग गरेका हुन् । पटक पटक विद्यालय समयमा ब्रासलेट नलगाउन आग्रह गर्दापनि नमानेपछि गएको बुधबार सोही विद्यालयका सहायक प्रधानध्यापक भिम बहादुर थापा तथा अन्य शिक्षकहरुले कुटपिट गरेका थिए ।

सिजनले बिद्यालयको अनुशासन बिपरित काम गरेको र परिवारकै रोहबरमा आफुले गरेको कमजोरी स्वीकार गर्दापनि अन्य गैरसरकारी संस्थाहरुले यसलाई बढाइचढाई गरेका हुन् । विद्यालयद्धारा जारी विप्तीमा भनिएको छ, ‘अब आइन्दा यस्तो उदण्ड गतिबिधि नगर्ने सर्तमा घटनालाई सामान्यकारण गरेको थियो तर बिभिन्न समाचार श्रोतहरुबाट भ्रामिक समाचार सम्प्रेषण गरि धटनालाई नियोजित ढंगले अतिरन्जित गराइएको छ ।’

इन्सेकद्वारा जारि अपिल निम्नप्रकारको छ l 

मिति: २०७४/०१/०४
अपिल

धादिङ्गको त्रिपुरासुन्दरी गाउपालिका वडा नं ७ स्थित अचने उच्चमाबि कक्षा ११ मा अध्यनरत सिजन अधिकारि २०६४ फागुन ३० गते बिद्यालयमा शिक्षकहरुद्वारा कुटपिट गरि धाइते बनाइएको घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानबअधिकार संजालको गम्भीर ध्यानाकर्षण भएको छ l बालमैत्री बिधालयको रुपमा रही बिध्यालयमै बिद्यालयमै बिद्यार्थीमाथि अनुसासनको नाममा प्रध्यानाध्यापक र अन्य शिक्षकहरुबाट भएको कुटपिट र दुर्ब्यबहारप्रति खेद व्यक्त गर्दछौ l मानबअधिकार र न्युनतम बालअधिकारको सम्मान गर्न अनुरोध गर्दै बिद्यालयलाई ब्यबहारिक बालमैत्री बिद्यालयको रुपमा संचालन गर्न जोडदार माग गर्दै घटनामा संलग्न शिक्षकमाथि कारबाही गर्न माग गरिन्छ l

यस किसिमको घटना जिल्लामा कहिँ कतै हुन नदिन र जिल्लालाई बालमैत्री बिद्यालय भएको जिल्लाको रुपमा संचालन गर्ने बाताबरण मिलाउन जिल्ला शिक्षा कार्यलय, जिल्ला बालकल्याण समिति लगायतको निकायसंग हार्दिक अपिल गरिन्छ l

सिताराम अधिकारी
जिल्ला प्रतिनिधि


अपिल इन्सेक


बिद्यालयद्वारा जारि प्रेस बिज्ञप्ति:
बिद्यालयद्वारा जारि प्रेस बिज्ञप्ति

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस