धादिङमा वडा अध्यक्षद्वारा महिला सदस्यलाई पद त्याग्न धम्की, संस्थालाई स्पस्टिकरण !

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अनुमति नलिइ गाउँपालिका स्तरीय शाखा गठन गरेको भन्दै महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाललाई स्पष्टीकरण सोधेको छ । त्यस्तै अनुमति नलिई संजालको कार्यक्रममा गएको भन्दै वडा अध्यक्षले महिला वडा सदस्यलाई पद त्याग्न दबाब दिएको पाइएको छ ।

Dhading letter
स्पस्टिकरण पत्र

त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष देवराज धरेल वडाका वडा सदस्य राममायाँ पन्तलाई महिला वडा सदस्य पद त्याग गर्न धम्की दिएकोले आफू असुरक्षित भएको बताइन् ।

नेपालको संविधान २०७२ मा मौलिक हक अन्तरगत संघसंगठन खोल्न पाउने हक र स्वतन्त्रताको हक अनुसार संस्था खोल्ने र त्यसमा आवद्ध हुन पाइन्छ । संविधानको यो व्यवस्थाको खिल्ली उडाउँदै स्थानीय सरकारको नाममा त्रिपुरासुन्दरी गाउँपालिकाले महिला मानवअधिकार रक्षक संजाललाई अनुमति नलिइ संस्थाको शाखा पुनरगठन गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो । गाउँपालिकाको सल्यानटारमा गत जेठ २० गते गाउँपालिका स्तरीय संजाल गठन गर्न कार्यक्रम आयोजना गरिएकोले गाउँपालिकाको स्वीकृति नलिइ कार्यक्रम गरिएको भन्दै कार्यकारी अधिकृत शैलेन्द्र ढकालले लिखित स्पष्टीकरण सोधेका छन् ।

गाउँसभाको पहिलो बैठकले महिला मानवअधिकार संजाललाई किन कारबाही नगर्ने ? भन्दै ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र लेखिएको छ । जेठ ३० गते लेखिएको पत्र हुलाकबाट पठाइएको र असार १३ गते प्राप्त भएको महिला मानवअधिकार रक्षक संजालका जिल्ला अध्यक्ष गायत्री खतिवडाले बताइन् ।

गाउँपालिकाको कार्याक्रम आयोजना गर्दा सो गाउँपालिका उपाध्यक्ष देबी पाण्डे कार्यक्रममा उपस्थित भएर शुभकामना दिएकी थिइन् । स्वीकृति नलिएको विषयलाई लिएर आफ्नो पार्टीका कार्यकर्ता संजालमा नपरेपछि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आफ्नो पार्टीले भने अनुसार संस्था गठन नगरेकोले स्पष्टीकरण सोधिएकोले राजनीतिक प्रेरित रहेको खतिवडाको भनाइ छ ।

गाउँपालिकामा परियोजना संचालन गर्दा अनुमति लिनु पर्ने भएपनि संगठन खोल्न कसैको अनुमति लिनु नपर्ने र संगठन खोल्न अनुमति माग गर्नेहरु नै कारबाहीको भागिदार हुनु पर्ने महिला अधिकारकर्मीहरुको भनाइ छ भन्दै बिभिन्न सामाजिक संजालमा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस