लपाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

दुर्घटनाग्रस्त  बस
धादिङको लपाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

घटनास्थलमै १८ को मृत्यु भएको हो ।


मृत्यु हुनेमा बस चालक गोरखा तान्द्राङ ९ का गंगाविर विश्वकर्मा, मार्पाक ५ का कमल पौडेल, त्यहि ठाउँका पवन बहादुर स्माइली मगर, दिलकुमारी अधिकारी, दार्खा ९ का रामचन्द्र सापकोटा, सत्यदेवी ३ का लिला बहादुर गुरुङ, त्यसै स्थानकी चिर माया तामाङ, रावन तामाङ, रिडकी मुना तामाङ, सत्यदेवी—२ की रंगसिंह तामाङ, त्यहि स्थानका मिदिजंग तामाङ, रौता तामाङ, टेकबहादुर तामाङ, चन्द्रमान तामाङ, गुम्दी ८ का इन्द्ररुद्र बहादुर घले र ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ ।

अरु दुई जनाको सनाखत हुन हुन सकेको छैन ।

हेलिकप्टरबाट काठमाडौं ल्याइएकी धनकुमारी सापकोटोको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

धादिङबेसीबाट किन्ताङफेदि जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गाविस–६ लपाङमा दुर्घटना भएको हो ।

३१ जनाले धादिङ बेसीबाट बसको टिकट काटेको प्रहरीले जनाएको छ ।

घटनामा परी ११ घाइते भएका छन् ।

घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उपचार भइरहेकाहरुमा मिलन तामाङ, नोमु लामा, बिकी थापा, धनबहादुर लामा, प्रेम बिके, मोनिङ तामाङ, टेकुमाया घले, मोतेन तामाङ, छेले तामाङ र अर्का एक जना नाम नखुलेका व्यक्ति छन् ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस