धादिङबेसीबाट किन्ताङफेदी जाँदै गरेको बस दुर्घटना, अहिलेसम्म १९ जनाको मृत्यु

धादिङ जिल्लाको धादिङबेसीँबाट उत्तरी धादिङको किन्ताङफेदी जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना पुरुष र ५ महिला गरि १९  जनाको मृत्यु  भएको छ।



सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा मार्पाकको लपाङमा बा ३ ख ३३१८ नम्बरको बस पल्टिँदा १४ जनाको घटनास्थलमै ज्यान गएको हो। घटनामा थुप्रै घाइते भएका छन्। घाइतेलाइ एयर डाइनेस्टीको हेलिकप्टरमा काठमाडौं पठाइएको छ l मंगलबार बिहान धादिङबेँसीबाट ३१ जनाको यात्रु बोकी बस त्यसतर्फ गएको थियो।

बिहान साढे ११ बजे बजे मार्पाक-५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोलातर्फ तीन सय मिटर तल खसेको स्थाीयबासीले बताएका छन्।

छत र भित्र टनाटन यात्रु बोकेको बस दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ । दुर्घटनामा घाइते १५ जनाको उद्दार भइसकेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

१९ जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिए।

पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ। बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका पूर्वसभापति केशरीप्रसाद पन्तले बताए।

पहिरो पार गर्न लाग्दा बस पल्टिएर खसेको थियो। बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ।



यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस