धादिङमा २६ दशमलव ९ प्रतिशतले राजस्व वृद्धि

साउन, धादिङ – धादिङ जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा राजस्वमा वृद्धि भएको छ ।


आर्थिक वर्ष २०७२/०७३ मा २४ करोड ९१ लाख २६ हजार १ सय ४६ रुपैया संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङले जनाएको छ ।

गत आर्थिक वर्षमा १९ करोड ७५ लाख ८३ हजार राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०७२/०७३ मा ५ करोड १५ लाख ४३ हजारले वृद्धिभएको कार्यलयले जनाएको छ । यो वर्ष राजस्वमा २६ दशमलव ९ प्रतिशतले वृद्धि भएको कोष तथा लेखा नियन्त्रक यज्ञप्रसाद ढकालले जानकारी दिए ।

त्यसैगरी संकलित राजश्व मध्ये सबैभन्दा बढी राहदानी सिफारिसबाट मात्रै ३ करोड भन्दा बढी राजश्व संकलन भएको कार्यालयले जनाएको छ भन्दै पाबिलन्युज.कम मा खबर छ l

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस