धादिङमा चरेस बनाउन प्रयोग हुने गाँजाको धूलोसहित ३ जना पक्राउ

धादिङ, ३१ जेठ- गजुरी गाविस–१ गजुरी बजारस्थित पृथ्वीलोक मार्गमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा.१३ च ६२२० नम्बरको गाडीको ड्रमभित्र लुकाइछिपाई राखेको करीव ५८ के.जी. लागूऔषध चरेश बनाउन प्रयोग हुने गाँजाको धुलोसहित गाडीमा सवार ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा गाडी चालक चितवन चैनपुर–२ बस्ने २५ वर्षीय शक्तिम दराई, पर्सा शिबअर्वा–२ बस्ने १७ वर्षीय ध्वनी सहनी र सोही ठाउँ बस्ने ४२ वर्षीय छोटेलाल भन्ने झोती सहनी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई फेला पारेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस