धादिङको तिप्लिङमा छायांकन गरिदै ‘हिमालकी रानी’

असार, धादिङ – हिमाली भेगको वास्तबिक कथालाई समेटेर अगाडि बढेको छ, चलचित्र ‘हिमालकी रानी’ । निर्देशक रोशन फ्युबा तामाङद्धारा निर्देशित यस चलचित्रको ९० प्रतिशत भाग छायांकन सकिएको छ ।


गणेश हिमालको आसपास धादिङको तिप्लिङ र रसुवाको गत्लाङमा अधिकांश दृश्यांकन गरिएको हो । दुर्गम गाउँ त्यसमाथि हिमालको कुहिरो भित्र लेकबेंशी गर्दै जीवन बिताएकी चेलीको कथा समेटिएको छ । त्यही चेली अन्ततः चौरी गोठालो हुदै चिज उद्ममी बनेको पाठ कथाले दिएको छ ।

स्थानीय कलाकारहरु क्रमश प्रदिप फ्युबा , शान्ता लामा , प्रकाश वाईबा ,लक्ष्मी घिसिङ , मर्नेन वाईबा , कान्छा लामा , गोम्बो तामाङ , गा घले जयबिर तामाङ ,महेन्द्र तामाङ लगायतले अभिनय गरेका छन् । निर्देशक तामाङको कथा/पटकथा /सम्बाद/गीत रचना/संगीत रहेको यस चलचित्रमा प्रकाश वाईबाले छायांकन गरेकोे छ भने सिङ्ग तामाङकोे नृत्य र महेन्द्र तामाङको द्धन्द्ध रहेको छ ।



ल्हाप्साङकार्पाे म्युजिक सेन्टर प्रा.लि. को प्रस्तुतीमा निर्मित यस चलचित्रको बाँकी दृश्य काठमाण्डौमा छायांकन गरिने भएको छ । जसमा अभिनेता क्याप्टेन बिजय लामाको अभिनय रहने कुरा सञ्चार संयोजक अर्जुन बहादुर तामाङले जानकारी गराए । ल्हाप्साङकार्पो समूहको निर्माण रहेको यस चलचित्र निर्देशक तामाङको तेस्रो चलचित्र हो भन्दै पाबिलन्युज.कम मा खबर छ l


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस