धादिंग त्रिपुरासुन्दरी माई मेला (माईस्थान को जात्रा) यसरि सकियो -फोटो फिचर

धादिङ, धार्मीक एवं ऐतिहांसिक महत्व बोकेको त्रिपुरासुन्दरी माईको मेला धादिङमा आज सम्पन्न भएको छ । हिजोदेखी सुरु भएको सो मेला आज विहान त्रिपुरासुन्दरी माईलाई माईतमा ल्याएर भित्र्याए  पछी सम्पन्न भएको  हो । मेला आज पनि दिनभरी लागेको छ  ।



शनिवार विहानदेखी सल्यानकोट गाँउ विकास समितीमा सुरु भएको सो मेलामा विहानदेखी नै भक्तजनहरुको भिड लागेको थियो । हिजो दिनभरी भक्तजनहरुले  सल्यानकोटको देवि त्रिपुरा सुन्दरीको मन्दिर प्रांगणमा बसी बत्ती बाल्ने, बाजागाजा सहित रमाईलो गरी आजापुजा गर्ने र आज विहानको साईतमा देवी भगवानीलाई माईत पुर्याउने चलन रहेको छ ।



मेलामा त्रिपुरासुन्दरी माईलाई घरबाट माईतमा ल्याउने प्रचलन अनुसार धादिङको सल्यानकोट गाँउविकास समितीको हटीयाको मन्दिरबाट बाट आगिन्चोक गाँउ विकास समितीको हाँसेपसलमा भएको मन्दिरमा ल्याई भित्राउने चलन रहिआएको छ ।



नयाँ अन्न बाली भित्र्याए पछी सो अन्नको न्वागी खाने भन्दै देवी भगवतिलाई नयाँ अन्न चढाएर प्रसादको रुपमा नयाँ चामल खाने प्रचलन त्यहाका स्थानीयहरुले गर्दै आएको बताईएको छ । त्रिपुरा सुन्दरी माईलाई चैत्र महिनामा साईत हेरी फेरी माईतबाट घर लगिने चलन रहेको छ ।



सुन्दरी माईलाई बाजागाजा सहित सबै गाँउलेहरुले घरबाट माईतसम्म पुर्याउन आउने गर्दछन् । मान्दिरमा गत बर्षहरुमा भन्दा भक्तजनहरुको भिड कम रहेको थियो । तराईको आन्दोलन र भारतले गरेको नाका बन्दिका कारण सवारीका साधनहरु अझै त्यति चल्न नसकेको कारण भक्तजनहरु  घटेको हो ।



चैते दशैमा भने देवी भगवानी त्रिपुरासुन्दरी एक दिनको लागी मामाको घर जाने चलन पनी छ, सो दिन भने एकै दिनमा नै आफ्नो घर फर्कने गर्दछ भन्दै धादिङअनलाइन.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस