धादिङको सल्यानकोटमा ट्रक पल्टियो, एक जनाको मृत्यु

धादिङ, धादिङको सल्यानकोट गाँउ विकास समितिको वडा नं १ लामीडाँडामा शुक्रबार बिहान भैसी बोकेको ट्रक पल्टिदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा सिन्धुलीका जीवन लामाको मृत्यु भएको हो ।



उत्तरी धादिङको फुलखर्क गाविसबाट धादिङबेसी आउँदै गरेको ना ५ ख ६४३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रकका चालक फुलखर्क बस्ने जसबहादुर घले र सहचालक प्रविण गुरुङ घाइते भएका छन् । घाइतेको सल्यानटार प्राथमिक केन्द्रमा उपचार भइरहेको सल्यानटारका प्रहरी भरत दुराले जानकारी दिए भन्दै  पाबिलन्युज.कम मा खबर छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस