धादिंगको रि मा रोड खनिंदै , लेकको थुम्से अब गाडीमा सरर

धादिङ, उत्तरी धादिङको विकट रि गाँउ विकास समिती अब भने मोटर बाटोले छुने भएको छ । धादिङको ४६ गाँउ विकास समिती र एक नगर पालीका मध्य हालसम्म नै सडक संञ्जालले नछोएको विकट उत्तरी क्षेत्रको सो गाँउ विकास समितीमा अहिले सडक खन्न थालीएको हो । अब सो सडक गाँउमा पुग्नका लागी केही किलो मिटर मात्र रहेको छ ।

धादिंगको रि मा रोड खनिंदै 

गाँउमा सडक पुग्ने भए पछी त्यस क्षेत्रका स्थानीयहरु खुशी भएका छन् भने उत्तरी धादिङको विकट पाँच गाँउ विकास समिती नै सडक संञ्जालले छुने छ । जिल्ला विकास समितीको सहयोगमा निमार्ण सुरु गरेको सो सडक अब यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने जनाईएको छ । यस भन्दा अघी गुम्दि गाँउ विकास समितीको चिमचोक भन्ने स्थानसम्म पहिले नै सडक पुगि सकेको थियो भने अहिले चिम्चोकबाट सो सडक रि गाँउ विकास समितीको तलावमा जोड्न लागीएको हो ।

सडक निमार्ण सम्पन्न भए पछी त्यस क्षेत्रको मुख्य आम्दानीको श्रोत चोयाको डोको डाला थुन्से लगाएतका सामानहरु सहजै बजारमा पु¥र्याउन सकिने छ भने त्यस क्षेत्रमा उत्पादीत कृषी जन्य र पशु जन्य बस्तुहरुले समेत सजिलै बजार पाउने छ । सकड संञ्जाल कारण त्यस क्षेत्रका स्थानीयहरुको अर्थिक विकास समेत हुने विश्वास रहेको छ । पैदल हिडर जाँदा झण्डै दुई दिन लाग्ने सो गाँउ जान अब सडक निमार्ण सम्पन्न भए पछी एक दिनको मोटर बाटोबाट पुग्न सकिन्छ ।

यस भन्दा अघी साङ्कोष तिप्लीङ्ग सडकको दार्खा भन्ने ठाँउबाट जाँदा गाविसको सबै भन्दा अन्तिम र विकट गाँउ हो भने अहिले मोटर बाटोले जोडे पछी पहिलो गाँउ समेत बन्ने भएको छ । गुम्दिको चिमचोकबाट सो ग्रमिण सडकको लम्बाई २० किलो मिटर हुने छ भन्दै धादिङअनलाइन.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस