भुकम्पपछि धादिङमा मानवअधिकार हनन् को घट्ना बढ्यो

धादिङ मंङ्सिर, भुकम्प पश्चात मानव अधिकारको अवस्था र चुनौतिको विषयमा शुक्रबार धादिङबेशीमा छलफल भएको छ । बैशाख १२ गतेको भुकम्पपछि जिल्लामा मानव अधिकारको अवस्था र भुकम्पको कारण मानवअधिकारका क्षेत्रमा परेका समस्यामा बारेमा बृहत छलफल भएको छ ।



छलफल कार्यक्रममा मानवअधिकार कर्मी,राजनीतिक दलका नेता, पत्रकार तथा भुकम्पडीतहरु विच छलफल भएको हो । भुकम्प र नाकावन्दिको कारण मानव अधिकारमा ठुलो प्रभाव परेको सहभागीहरुले बताएका छन् । विनाशकारी भूकम्पबाट पीडित भएका परिवारको यथार्थ अवस्था बुझ्नका लागि निष्पक्ष छानबिन समिति बनाउनु आवश्यक रहेको सहभागीहरुले बताएका छन् । साथै भुकम्प पश्चात मानव अधिकारका घट्नामा बृद्धि भएको त्यसमा महिलाहरु बढी रहेको जानकारी गराईएको थियो।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल, अधिवक्ता एवं डिफ्री ललितपूरका अध्यक्ष ओम प्रकाश अर्याल लगायत अधिकारकर्मी तथा पत्रकारहरुको सहभागीता रहेको थियो । भूकम्पपीडितको तथ्याङ्क सङ्कलन गर्दा कुनै पनि क्षति नभएकाको पूर्ण क्षतिको र क्षति भएकाले प्रमाणपत्र प्राप्त गर्न नसकेको अवस्थासमेत रहेकाले त्यसको छानबिन हुनुपर्ने आवश्यक रहेको भनाइ राखेका थिए भन्दै धादिङन्युज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस