चिसोका कारण धादिङका विस्थापितहरु रात भरी आगो तापेर बस्न बाध्य

धादिङ , बढ्दो जाडोसंगै धादिङका विस्थापितहरु अहिले रात भरी आगो तापेर बस्न बाध्य बनेका छन् । त्रिपाल मुनी चिसो आउने र सुत्नका लागी ओढ्ने ओछ्याउने पनि पर्याप्त मात्रामा नहुदा उनिहरुलाई चिसोका कारण ठुलो समस्या परेको हो ।



भुकम्पका कारण धादिङका विभिन्नस्थानबाट विस्थापित भई सदरमुकाम आसपासका शिविरहरुमा बस्दै आएका उनिहरुलाई सरकारले जतिसक्दो चाडो उचित बसको ब्यवस्था गरिदिन माग समेत गरेका छन् ।   सरकारले जोडोका लागी न्यानो कपडा वितरण गर्ने भनी कार्यक्रम ल्याउन लागेको भए पनि मध्य जाडो सुरु भई सक्दा समेत कार्यक्रम भने सुरु नभएको भन्दै विस्थापीतहरुले आक्रोस समेत पोखेका छन् ।
चिसोका कारण विषेस गरी बालवालीकाहरु र बृद्ध–बृद्धाहरु विरामी समेत पर्न थालेका छन् । कुनै शिविरमा बस्नेहरुसंग त  खानेकुरा समेत सकिएको छ ।

धेरै जासो बालवालीकाहरुलाई चिसोले गर्दा  रुघाखोकी ज्वरोको समस्या आएको छ भने  कतिपयलाई निमोनीया समेत भएको छ भने बृद्ध–बृद्धाहरुमा छातीको समस्या आउन थालेको छ ।
भुकम्पबाट विस्थापित भई आएकाहरुलाई सरकारले तिहार लगतै गाँउ फर्काउने योजना बनाएको भए पनि उनिहरुको गाँउमा नै घर नभएका कारण पुर्नःस्थापनाका समस्या भएको हो ।

शिवरिमा बस्दै आएका मानिसहरुको समस्याका बरेमा काम गर्ने धादिङमा दर्जनौ गैर संस्थाहरु आएको  भए पनि ति सबैले अहिले विस्थापितको नामा ठगी खाने भाडौ मात्र बनाएको छ ।

धेरै जासो गैर सरकारी संस्थाहरुले भने भुकम्प पिडितहरुलाई पुर्न बसाको ब्यवस्था गर्ने भन्दै कार्याक्रमहरु ल्याएको भए पनि अहिलेसम्म काम गर्न त परै जाओस् गैर सरकारी संसथाहरु गाँउसम्म पुगेका समेत छैन ।
गैर सरकारी संस्थाहरुले भने काम  गर्ने बहानामा सदरमुकाममा नै सेमिनार र गोष्टि मात्र गर्ने गरेका छन् ।
जस्का कारण विस्थापीतहरुले शिविरमा नै बस्ने की गाँउ फर्कने भन्ने आन्यौलमा समेत परेका छन् । धादिङ जिल्लाका विभिन्न शिविरहरुमा अझै तिन हजारको हाराहारीमा विस्थापीतहरु बस्दै आएका छन् ।

अनुगमन गर्ने निकाय सक्रिय नभएका कारण पनि यस्तो अवस्था आएको हो । शिविरहरुमा मात्र होईन विकट गाँउका बस्तिहरुमा पनि भुकम्प पिडितहरु   चिसोले ठुलो समस्यामा परेका छन् भन्दै कलाकुंज.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस