धादिङबेसीमा अपाङग मैत्री सार्वजनिक शौचालयको निमार्ण सुरु

धादिङबेसी, जिल्ला सदरमुकाम धादिङबेसीमा सार्वजनिक शौचालय नहुँदा हैरानी खेपीरहेका नागरिकहरुको समास्यालाई मध्यनजर गर्दै धादिङ समाज दक्षिण कोरीयाको सहयोगमा आजदेखि शौचालय निर्माण कार्य थालनी हुने भएको छ ।



रोजगारीको लागी धादिङका विभिन्न गाविसबाट कोरियामा गएका धादिङका नागरिकहरुबाट संकलित सहयोग रकमबाट सुविधा सम्पन्न आधुनिक शौचालय निर्माण गर्न लागिएको कोरियाबाट धादिङ आएका मनोज थापाले बताउनु भयो ।

विगत पाँच बर्ष कोरियमा रोजगारी गरी फर्कनु भएका थापाले धादिङ समाज दक्षिण कोरीयाका कोषध्यक्ष सन्तोष अधिकारी र सम्पूर्ण कार्यसमिति सदस्यहरुको पहलमा धादिङबेसी पिपलबोट नजिकै बाथरुम सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएका समेत थापाले बताउनु भयो ।

करिब १५ लाख १७ हजार ६ सय १८ रुपँैया ६३ पैसा लागत लाग्ने उक्त शौचालयको आज ११ बजे शिलान्या गरिन बताईएको छ भन्दै धादिङपोस्ट.कम मा खबर छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस