त्रिपुरासुन्दरी मेला ( माइस्थान जात्रा ) यहि मङ्सिर २६ र २७ गते

धादिङ, धादिङ जिलाको उत्तरी क्षेत्रमा पर्ने सल्यानकोट डांडामा त्रिपुरासुन्दरी भगवतीको मन्दिर अवस्थित रहेको छ l  जिल्ला सदरमुकाम धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य मेला लाग्ने गर्दछ l पहाडी क्षेत्रको ठुलो मेला अर्थात 'माइस्थान जात्रा' को नामले परिचित यस मेलालाई 'न्वागी जात्रा' को नाममा समेत चिनिन्छ l
यसपालिको श्री त्रिपुरा सुन्दरी माइ को सवार यही मंसिर २६ गते(माथि कोट) र २७ गते(तल बेशी मा) हुँदैछ ।


त्रिपुरासुन्दरी माइको मुर्तिलाई बेशी लगिदै 

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा सिलालेखामा उल्लेख भए बमोजिम "नेपाल एकीकरण को बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो" भन्ने उल्लेख गरिएको छ l

प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ l यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक-१ स्थित सल्यानबेशीमा गरेर दुइ ओटा मन्दिर रहेको छ l मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याइन्छ l


त्रिपुरासुन्दरी भगवतीको मुर्ति बोकेर हिड्दै  पुजारी

रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् l तिमल्सिना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहीआएको छ l

अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैले छुन नपाएपनि यस मन्दिरमा भने परम्परादेखि नै सबै जातजातिका श्रदालु भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ l


श्रदालु  भक्तजनहरुको भिड
धार्मिक महत्व संगै यस जात्राको प्रबर्धन गर्न सके धार्मिक पर्यटनको समेत प्रचुर सम्भावना रहेको एक तिर्थस्थल संगै पर्यटनको लागि समेत उपयुक्त गन्तब्य बन्न सक्ने त्रिपुरासुन्दरीको मन्दिरलाई बिकास र सम्बर्धनका लागि सरकारले बिशेष कार्ययोजना ल्याउनुपर्ने देखिन्छ l

नेपालका यिनै धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थलहरुको उचित प्रचारप्रसार एबं सम्बर्धन गर्न सकियो भने आर्थिक सामाजिक तथा सास्कृतिक बिकास गर्न सकिने बिस्वास लिएको छ l



-    टिभी जर्नालिस्ट नवराज पाण्डेको सहयोगमा

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस