रामकोट वचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

धादिङबेसी, रामकोट वचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटैाँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । छोटो समयमै रामकोट सहकारीले झण्डै डेड करोडको कारोबार गरि उत्पादनमूलक लगानी र डेड लाख रुपैयाँ बचत समेत गर्न सफल यस सहकारीको साधारण सभामा नीलकण्ठ नगरपालिका स्थित रामकोटमा सम्पन्न भएको हो ।

रामकोट वचत तथा ऋण सहकारीको साधारण सभामा उपस्थितहरु
रामकोट वचत तथा ऋण सहकारीको साधारण सभामा उपस्थितहरु

साधारण सभालाई प्रमुख अतिथि धादिङका प्रमुख जिल्ला अधिकरी दिपकाराज काफ्ले, एक्सन नेपालका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य भीम प्रसाद ढुंगानाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
 कार्यक्रममा असल रिणी तथा बाल बचत कर्ताहरुलाई समेत प्रशंसापत्र र स्टेशनरी सामाग्री प्रदान गरिएको छ । रामकोट सहकारीका अध्यक्ष हेमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न छैटौँ साधारण सभामा सहकारीले आर्थिक बर्ष २०७१/०७२ मा कूल १ करोड ३९ लाख ४६ हजार ४ सय ३४ रुपैँयाको कारोबार गरि १ लाख ५१ हजार ९ सय ४ रुपैयाँ खुद मुनाफा गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो भन्दै धादिंगपोस्ट.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस