नाकाबन्दीको कारण धादिङमा कुखुरा र बंगुर पालन व्यावसाय धरापमा

धादिङ, भारतीय नाकाबन्दीको कारण कुखुरा पालक र बंगुर पालक कृषकहरु मर्कामा परेका छन् । समयमै दाना नपाउदा र उत्पादित कुखुरा र बंगुरको बजार अभावको कारण उनीहरु समस्यामा परेका छन् ।


जिल्लाको अधिकांस गाउँहरुमा युवायहरुले सामुहिक वा व्यक्तिगत रुपमा फार्म चलाएर कुखुरा र वंगर पाल्दै आएका छन् । लाखौँ रुपैँया लगानी गरेर सन्चालन गरेको व्यावसया डुब्ने होकी भन्ने चिन्ताले सताउन थालेको छ । आवन जावत गर्नको लागी त सवारी साधन पाईदैन हामिले पालेको कुखुरा कस्ले बजार सम्म लगिदिन्छ र ? कृषकरुले गुनासो गरेका छन् ।

 किसानहरुसंग एउटै फर्ममा मासुका लागी विक्रि योग्य बंगुर प्रत्येकमा साठी सत्तरी ओटासम्म रहेका छन् । युवाहरुका लागी रोजगारीको अवसर समेत हुने भन्दै गाँउ गाँउमा सहकारी मार्फत सामुहीक बंगुर पाल्दै आएको हो । विषेस गरी बंगुर पालक किसानहरुलाई भने पालेको बंगुर मासु विक्र्रीका लागी योग्य हुदा समेत बजार पुर्याऊन नसक्दा समस्या उत्पन्न भएको हो ।

 तराईमा जारी आन्दोलन र भारतले गरेको नाका बन्दिका कारण भएको ईन्धन अभावले पर्याप्त सवारीका साधनहरु चल्न नसक्दा ब्यापारीहरु समेत बंगुर लिन आउन नसकेको र आफुले पनि बजारसम्म लग्न नसके पछी दैनिक घाटा ब्याहोर्न परेको किसानहरुले बताएका छन् ।


पालेको ६महिनामा बंगुरको मासु खानका लागी योग्य भएको र अहिले नौ महिना पुग्न लाग्दा समेत बिक्री नभएकोले दुई महिना भन्दा बढी समयदेखी घाटा वेहोर्नु परेको किसानहरुको गुनासो छ । जति ठुलो हुदै गयो त्यति दाना धेरै आवाश्यक पर्ने र मासु भने नबढ्ने भएको दैनिक दानाको खर्च नै धान्न नसक्ने भएकोले समस्या उत्पन्न भएको हो भन्दै धादिंगन्युज.कम मा खबर छ 


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस