धादिङको सांकोषमा विसौनी घर निर्माण

धादिङ , धादिङको नीलकण्ठ नगरपालिका १२ सांकोषमा विसौनी घरको निर्माण गरिएको छ । बाटोमा आवातजावत गर्ने क्रममा थकान मेट्न सजिलो होस् भन्ने उद्देश्यले सांकोषका दुई दाजुभाई गोविन्द र कुमार घिमिरेको सहयोगमा बनाइएको हो ।

धादिंग सांकोषमा निर्मित चौपे डाँडा बिसौनी घर
धादिंग सांकोषमा निर्मित चौपे डाँडा बिसौनी घर
विसौनी घर कुल ४० हजार ४ सय ५५ रुपैयाको लागतमा निर्माण गरिएको हो । विसौनी घर बनिसकेपछि उत्तरी धादिङको सेतुङ, लापा, झार्लाङ लगायतका गाँउ विकास समितिमा आवात जावत गर्ने मानिसहरुका लागि सजिलो हुने स्थानीयहरुले जानकारी दिएको छ । आवातजावत गर्दा आराम गर्ने, ओत लाग्ने गरी विसौनी घरको निर्माण गरिएको छ भन्दै पाबिलन्युज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस