धादिङमा अमेरीकन रेन्बो ट्राउट माछा पाल्न सुरु

धादिङ, किसानहरु विभिन्न प्रजातीका माछाहरुको ब्यवसायीक खेती तिर आकर्षित भई रहेको बेलामा धादिङको एक किसानले भने ब्यवसायीक रुपमा अमेरीकन रेन्बो ट्राउट माछा पाल्न सुरु गरेका  छन् । नेपालमा जापनीज रेन्बो ट्राउट माछाले बजार राम्रो पाउन थाले पछी अहिले माछाका पारखीहरुलाई नयाँ स्वाद दिनका लागी अमोरीकन ट्राउट पल्न सुरु गरेको किसानको भनाई छ ।

रेन्बो ट्राउट माछाको ब्यबसायिक  पालन
हेर्दा जापनीज रेन्बो ट्राउट जस्तो देखीने र एउटै हावापानिमा हुने उक्त माछाको खादा स्वाद केही फरक हुन्छ ।
केही बर्ष पहिलेसम्म जापनीज रेन्बो ट्राउट माछा पाल्दै आएका धादिङ तसर्पुको किसानले अब धेरै जिल्लामा किसानहरुले जापनीज रेन्बो ट्राउट माछा पाल्न सुरु गरेकोले केही फरक कृषी व्यबसाय गर्नु पर्छ भन्दै आफुले यस्तो माछा पाल्न सुरु गरेको बताएका छन् ।

चिसो पानीमा हुने यस माछाको उत्पादन अनुसारको बजार भने नपाएको उनिको भनाई छ । यस बर्ष भने उत्पादनमा समेत कमी आएको छ । गत  वर्षहरुमा विस टनसम्म माछा उत्पादन गरेकोमा यस बर्ष भने उत्पादन आधाले घट्ने उनको भनाई छ ।

प्रोटिनको मात्रा उच्च हुने र ओ मोगा थ्रि पाईने यस माछाको बजार मुल्य अहिले प्रति किलो ग्राम एक हजार रहेको भन्दै गत साल मात्र माछा  विक्रिबाट सोचे भन्दा राम्रो आम्दानी भएको माछा पालक किसानको भनाई छ ।

सुरुमा दुई ओटा पोखरीबाट सुरु गरेको यस ब्यवसायमा अहिले करिव चार करोड लगानी भई सकेको माछा पालक किसानको भनाई छ । गत साल माछा विक्रिबाट करिव सत्तरी लाख आम्दानी भएको मा यस बर्ष भने आम्दानी घट्न सक्ने किसानको भनाई छ । गत बर्षहरुमा यस समयसम्म माछा विक्रि गरी सक्नेमा यस पटक भने अझै विस हजार खान योग्य माछा पोखरीमा नै रहेको बताउछन् ।

जिल्ला कृषी विकास कार्यालय धादिङले माछामा अनुदान दिन थालेसंगै    धादिङ जिल्लामा  अन्य जातका माछा पाल्ने किसानहरुको संख्या पनि बढ्न थालेको छ ।   उत्पादीत् माछाको मुख्य बजार भने काठमाण्डौ र धादिङ लगाएत चितवन रमकवानपुर रहेको छ भन्दै कलाकुंज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस