धादिंगका तस्करबाट छुटाएर १० हजार ग्यास सिलिन्डर काठमाडौँ लगियो

धादिंग - मंसिर, स्थानीयका नाममा उद्योगमा बसेर ग्यास रोक्ने समूहलाई हटाएर प्रहरीले १० हजार भन्दा बढी सिलिन्डर ग्यास काठमाडौं पठाएको छ । युवाहरुको समूहले धादिङमा रहेका विभिन्न उद्योगमा स्थानीयको नाममा ग्यास लिने र कालोबजारी गर्ने आएका थिए । उनीहरुले काठमाडौंबाट खाली सिलिन्डर लगेर स्थानीयको नाममा ग्यास भर्ने र काठमाडौंमा ल्याएर ४५ सय रुपैयाँसम्म लिएर बिक्री गरेर कालोबजारीको गोरखधन्दा नै चलाएका थिए ।



उनीहरुले पछिल्लो पटक एचपीसहितका ग्यास उद्योगमा धर्ना दिएर काठमाडौं आउन लागेको गाडी रोकी राखेका थिए । बाणिज्य विभागकै टोली जाँदा समेत कालो बजारी गर्ने युबाहरुको समूहले अवरोध गरेको थियो । धादिङका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आएको टोलीले धादिङका सबै उद्योग परिसरमा रहेकाहरुलाई हटाएर ग्यासका सिलिण्डर लोड भएका गाडीहरु काठमाडौं पठाएको छ । एचपी ग्यास उद्योगको परिसरमा अवरोध गर्न पुगेकाहरुलाई हटाएपछि आधा भरिएका सबै सिलिन्डर काठमाडौं ल्याइएको आयल निगमको ग्यास कन्ट्रोल रुमका संयोजक तथा बाणिज्य विभागका महानिर्देशक हरिनारायण बेल्वासेले बताए । एचपी ग्यासका ८ हजार सिलिन्डर काठमाडौं आएको छ ।

महानिर्देशक बेल्वासेका अनुसार एसटिसी, श्रीराम लगायतका कम्पनीले पनि ग्यास सिलिन्डरहरु काठमाडौं ल्याएको छ । बिहीबार लुम्बिनी ग्यासले पनि काठमाडौंमा सिलिन्डर वितरण गर्नेछ । नेपाल र नारायणी ग्यासले वितरण सुरु गरिसकेको छ भन्दै धादिंगअनलाइन.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस