धादिङ गल्छी–रसुवागढी व्यापारिक राजमार्गको स्तरोन्नतिको माग

धादिङ, गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय व्यापारिक राजमार्गको स्तरोन्नति गर्न सरोकार भएका निकायले माग गरेका छन् । 


नेपाल–चीनबीचको  प्रमुख व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको नेपाल जेठो उत्तरीनाका साँघुरो हुँदै गएकाले बढ्दो सवारी चापलाई ध्यानमा राखी यातायातको सहज वातावरणका लागि गल्छीदेखि रसुवागढीसम्मको सडक मार्ग स्तरोन्नति गराउन जिल्ला दैवीप्रकोप उद्धार समितिले माग गरेको हो ।

भूकम्पपछि गत असोज २९ गते रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि सीमा क्षेत्रको चहलपहल ह्वात्तै बढेको छ । 

ट्रक तथा कन्टेनर चलाउन बाटाको समस्या हुन थालेपछि सांसदद्वय जर्नादन ढकाल र छोवाङ तेन्जिङ तामाङ, जिल्लातहका राजनीतिक दलका प्रमुख सरकारी एवम् गैरसरकारी प्रतिनिधिको समेतको सहभागितामा सम्पन्न जिल्ला दैवीप्रकोप बैठकले सडक स्तरोन्नति गराउन सरकार समक्ष आग्रह गरेको स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो भन्दै धादिङन्युज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस