विस्थापित शिविरका धादिङका भुकम्प पीडित दोहोरो मारमा

धादिङ, धादिङको विभिन्न शिविरहरुमा बस्दै आएका भुकम्प पिडितहरुको दैनीकी कष्टकर बन्दै गईरहेको छ । बढ्दो चिसोसंगै भारतले गरेको नाकाबन्दीले गर्दा उनीहरु दोहोरो मारमा परेका हुन् ।


खाना पकाउने ग्याँसको अभावको कारण उनिहरुलाई विहान बेलुकीको छाक टार्न समेत धौ धौ भएको छ । अहिले उनिहरुसंग न त खाने कुराहरु नै छ न त पकाउने ग्याँस जस्का कारण उनिहरुलाई विहान बेलुकीको गर्जो टार्न समस्या भएको बताएका छन् । त्रिपाल मुनीको बसाईका कारण उनिहरुलाई अहिले दाउरामा खान पकाउन समेत समस्या भएको छ । जंगल नजिकै बसेको भए पनि बन समितीहरुले गरेको कडाईका कारण जंगलमा दाउरा टिप्न नदीदा उनिहरुलाई झनै समस्यामा परेको बताउछन् ।

त्रिपालमा सुत्नु पर्ने भएकोले दिन प्रतिदिन बढ्दै गएको चिसोले गर्दा बालवालीकाहरु विरामि समेत पर्न थालेका छन् । ग्याँस र दाउरा नभएको बालवालीकाहरुलाई समयसमयमा तातो बनाएर समेत खान दिन नपाउने भन्दै दुखेसो समेत उनिहरुको छ । नाका बन्दिका कारण बजारमा उपभोग्य बस्तुहरुको मुल्य आकाशीयकोले किनेर समेत खान नसक्ने भएको भन्दै सरकारले आफुहरुलाई उचित राहतको ब्यवस्था गरिदिन माग समेत गरेका छन् ।

ज्याला मजदुरी गर्नका लागी पनि नाका बन्दिका कारण बजारमा सुनसान बन्दै जान थालेको र कामहरु समेत केही नपाईने भएका कारण कमाई गरी खानका लागी समेत नपाईएको उनिहरको गुनासो छ । चिसोका कारण त्रिपालबाट सित झर्ने भएकोले रात कटाउन समेत कष्टकर हुने गरेको भन्दै त्रिपालको साटो सरकारले जस्ता दिनु पर्ने माग समेत गरेका छन् भन्दै धादिङन्युज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस