दार्खाको बृतचेत माविलाई २ लाख ७५ हजार आर्थिक सहयोग

धादिङ, धादिङको दार्खा गाउँ विकास समितिमा रहेको बृतचेत माध्यमिक विद्यालयको पुनःनिर्माणको लागी आर्थिक रकम जुटेको छ ।

दुइ लाख ७५ हजार १ सय ११ रुपैँयाको चेक हस्तान्तरण गरीदै
बैशाख १२ गतेको विनाशकारी भुकम्पको कारण भत्किएको विद्यालय निर्माणको लागी धादिङ नुवाकोट युके समाजले २ लाख ७५ हजार १ सय ११ रुपैँया नगद सहयोग गरेको हो । शुक्रबार विद्यालयमा भएको एक कार्यक्रमका बीच बृचेत माविका प्रधानाध्यापक ज्ञानु तामाङलाई दुइ लाख ७५ हजार १ सय ११ रुपैँयाको चेक हस्तान्तरण गरीएको हो ।

शिक्षक अभिभावक संघका अध्यक्ष शुकबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, शिक्षक, अभिभावक र स्थानीय बुद्धिजिवी र समाजसेवीहरुको उपस्थिती रहेको थियो । यस अघि गुरूङकै अगुवाइमा भूकम्प पिडित दार्खाका चौधसय बढी घरधुरीलाई बीस लाख बराबरको राहत सामग्री समेत वितरण गरिएको थियो भन्दै धादिङन्युज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस