राजमार्गका होटलमा पाकेन खाना ,होटलवाला देखी यात्रु समेत समस्यामा

धादिङ, भारतको अघोषित नाकाबन्दीका कारण प्रयाप्त मात्रामा इन्धन भित्रन सकेको छैन तर दशैँ तिहार मानेर गृहजिल्ला बाट काठमाडौं फर्किएका यात्रुको चाप भने निकै छ ।



थोरै थाडी चलेकाले खचाखच यात्रु लिएर गन्तव्यतर्फ जान हिँडेका गाडी राजमार्गमा खाना खान नौबीसे, धार्के लगायतका बजारमा रोकिन्छन् । तर ग्याँस अभावले गर्दा होटल सञ्चालकले खाना खुवाऊन सक्ने अवश्थामा छैनन् । धेरैले खाना खुवाऊन छाडेर होटल बन्द गरेका छन् ।

कोही होटलले भने दाऊरा खाजेर भने पनि यात्रुलाई खाना खुवाऊन थालेका छन् । राजमार्ग क्षेत्रमा लामो समय सम्म ग्याँस नपाएपछि नियमित खाना खुवाऊने यात्रु, होटलहरु बन्द हुने अवश्थामा पुगेपछि उनिहरु दाउरा खोजेर खाना बनाऊन थालेको होटल व्यवसायीले जनाएका छन् । राजमार्गका होटलहरुमा खाना खुवाऊन दाउराको प्रयोग गरेर खाना पकाईरहेको देखिन्छ ।

लामो समय देखी ग्यास आपुर्ती बन्द भएपछि राजमार्ग क्षेत्रका ग्यास डिपोले ग्यास बिक्रि गर्न सकेका छैनन् । होटलमा खाजा र खाना खान पुग्ने यात्रु खाना छैन भनेपछि चाऊचाउ, जुस लगायत सामान्य हलुका चिज खाएर फर्कने गरेका छन् ।

 राजमार्गमा यात्रुका लागि लक्षित गरेर संचालन गरिएका होटलहरु ग्यास नभएपछि खानाका परिकार घटाऊन थालेका छन् । एक सय हाराहारीमा रहेका यात्रु होटलहरु मध्ये आधाले पसल नै बन्द गरिसकेका छन् भने आधाले दाऊरा खाजेर खाना बनाईरहेको देख्न सकिन्छ भन्दै धादिंगन्युज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस