धादिंगमा पत्रकारलाई आर्थिक पत्रकारीता तालिम


धादिङ, असोज १५, जिल्ला विकास समिती धादिङको आर्थिक सहयोग र  धादिङ सञ्चार सहकारी संस्था लिमिटेडको  आयोजनामा धादिङबेसीमा आर्थिक पत्रकारीता तालिम सुरु भएको छ ।

 धादिंगबेशीमा सम्पन्न आर्थिक पत्रकारीता तालिम

वित्तिय शुसाशन र प्रवद्र्धन धादिङ सञ्चारको अभियान भन्ने नारा सहित सहकारी संस्थाहरुको क्षमता विकासको लागी आर्थिक पत्रकारिता तालिम सुरु गरिएको आयोजकले जनाएको छ ।

तालिमको पहिलो दिन बिहीबार डिभिजन सहरकारी संस्था लिमिटेड धादिङका अधिकृत कृष्ण बोहोराले सहकारीको उत्पत्ती, विकास तथा फाइदाका साथै धादिङमा सहकारीको अवस्थाका विषयमा जानकारी गराऊनुभएको थियो ।

त्यस्तै पत्रकार दिपक कोइरालाले संचार, संचारका माध्यम, प्रकार र पत्रकारीता र आम संचार विचको फरकका विषयमा जानकारी गराऊनुभएको थियो । तालिममा धादिङका विभिन्न सञ्चार सहकारीहरुमा आवद्ध ३४ जना पत्रकारहरुको सहभागिता रहेको छ भन्दै धादिंगन्युज.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस