धादिङमा रासायनिक मलको अभाव, किसानहरु चिन्तामा

धादिङ,  खेत रोपाइ गर्ने बेलामा प्रशस्त पानीको अभाव भएपनि जसोतसो रोपाइ गरेका किसानहरुलाइ यतिबेला रासायनिक मलको अभावले सताउन थालेको छ ।



एकातर्फ रोपाइ गरिएको खेतमा भनेजति पानी लगाउन पाइएको छैन भने फल लाग्ने बेलामा मल समेत हाल्न नपाएपछि किसानहरुलाइ समस्यामा पर्न थालेका छन् । खेत रोपाइ गर्ने बेलामा यस वर्ष कम वर्षा भएकाले सिमित ठाउँमा मात्र रोपाई गरेका किसानहरुलाई अहिले खेतमा हाल्ने युरिया मलको चरम अभाव हुन थालेको छ । पर्याप्त पानी र मलको अभावमा जसोतसो रोपाइ गरेका फाँटहरुमा यतिवेला रोपोहरु पहेलै देखिन थालेका छन् ।

बैशाखमा गएको विनाशकारी भुकम्पका कारण विउ राख्ने बेलामा नै समस्या परेको किसानहरुलाइ बर्षायाममा पर्याप्त पानी नपरेपछि रोपाइ गर्ने समस्या भएको थियो । जसोतसो रोपाइ गरेका किसानहरु यतिवेला भने रोपोमा राख्ने युरिया मल नै नपाएपछि झन समस्या परेको छ । नीलकण्ठ ८ ससाहका किसान बद्री कोइरालाले भने, ‘खेतमा हरेक वर्ष रासायनिक मल हाल्ने गरेको थिए, यसपाली मल नै पाइएन, एकातिर पानी पनि प्रशस्त छैन, अर्कोतिर मल हाल्न नपाएर रोपो नै सुक्न थालिसक्यो । यतिवेला भनेको रोपोले धान निकाल्ने बेला हो । अहिले मलजल गर्न नपाएमा त धान कसरी र फष्टाउछ र ?’

खेतमा एक त पानिको अभाव छ त्यसमाथि पनि समयमा मल हाल्न नपाउदा किसानहरु चिन्तित बनेका छन् । बजारमा फाट्टफुट्ट रुपमा मल आएको भएपनि किसानहरुलाइ आवश्यक पर्ने जति मल नआउदा मल खोज्दै धादिङवेशीका एग्रोभेट पसलहरुमा आएका किसानहरु फर्कन बाध्य भएका छन् । लामो समयदेखि धादिङवेशीका किसानहरुलाइ सहुलियत दरमा रासायकि मल वितरण गर्दे आएको नीलकण्ठ सहकारी सस्थाले पनि यस बर्ष मल ल्याउन सकेको छैन । विगतका बर्षहरुमा पर्याप्त मात्रामा मल विक्रीवितरण गरेको सहकारीले यस वर्ष तराइ क्षेत्रमा भएका आन्दोलनले गर्दा मल ल्याउन नसकेको जनाएको छ । सहकारीले किसानहरुको लागि युरिया मल उपलब्ध गराउन पहल गरिरहेको भएपनि विभिन्न माग राख्दै देशमा भइरहेको बन्दहड्तालका कारण बाहिरबाट नै मल आपुर्ति कम भएकोले चाहेजति मल किसानहरुलाई दिन नसकेको बताएको हो । नीलकण्ठ सहकारी सस्थाकी ब्यवस्थापक शान्ति गुरुङले भनिन, ‘समग्र धादिङ जिल्लाका किसानहरुलाइ लक्षित गरेर विगतका बर्षहरुमा २ सय टन मल विक्री वितरण गथ्र्यो तर यस वर्ष ४० टन युरिया मल पनि वितरण गर्न सकेका छैनौ ।’

खेतमा लगाइएको धानले चमरा निकाल्ने र फल लाग्ने बेला भएकाले यो बेलामा मलजल पु¥याउन नसक्दा उत्पादन नै नहनुेहो कि भन्ने चिन्ताले सताउन थालेको छ । विर्तावेशीकि किसान शान्ति श्रेष्ठले,‘बैशाखको भुकम्पले सञ्चित गरिएका अन्नपात पनि नष्ट भयो, राहतमा आएका खाद्यान्नहरु खाएरै सकिसक्यो, लगाइएका बालीले पनि उत्पादन दिएन भने त अव के खाएर बस्ने ?’ भुकम्पले थिलथिलो बनाएका किसानहरुलाइ यत्रो समस्या पर्दा पनि कसैले पहल नगरेकाले उनके चित्त दुखाइ थियो । भुकम्पका कारण भएका अन्नपातहरुपनि नष्ट भएका बेला खेती गरिएका बालीहरुबाट पनि राम्रती उत्पादन लिन नसकिने संकेत देखीएपछि खेतीपातीबाटै गुजारा चलाउने किसानहरु मारमा परेका छन ।

यता जिल्ला कृषि विकास कार्यलयले पनि जिल्लामा मल अभाव भएपछि मल उपलब्ध गराउन पहल गरिरहेको बताएको छ । जिल्ला कृषि विकास कार्यलय धादिङका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले भने, ‘जिल्लाभरि नै मलको अभाव भएपछि कृषि विभाग, नेशनल टे«डिङ, कृषि सामाग्री कम्पनी लिमिटेड लगायत सवैठाउँमा पत्राचार गरि पहल गरेका त छौँ । तर तराइ क्षेत्रको आन्दोलनले मल अभावको समस्या देशभरिकै भएकाले अहिले जिल्लामा पनि आउन नसकेको हो ।’ भन्दै पाबिलन्युज.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस