धादिङका सञ्चारकर्मी लालकाजी श्रेष्ठको “नाकाबन्दीलाई चुनौती” सार्वजनिक

धादिङ - धादिङका सञ्चारकर्मी लालकाजी श्रेष्ठको नाकाबन्दी सम्बन्धी राष्ट्रभक्तिभावले भरिएको गीत सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी लालकाजी श्रेष्ठ
सञ्चारकर्मी लालकाजी श्रेष्ठ

गीतको शनिबार रेडियो धादिङको विशेष कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । मुलुक यतिखेर विषम परिस्थितिमा गुज्रिरहेको र भारतद्धारा अघोषित नाकाबन्दीका कारण समस्या खेपिरहेको अवस्थामा संचारकर्मी लालकाजी श्रेष्ठले नाकाबन्दी सम्बन्धी गीत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक गर्दैै संचारकर्मी श्रेष्ठले आफ्नो निजी जीवनमा पीडा परेसंगै मुलुकमा पनि अर्को नाकाबन्दीको पीडा थपिएको समयमा यो आफ्नो रचनामार्फत पीडा कम गर्ने उद्देश्यले गीत सार्वजनिक गरिएको बताए भन्दै पाबिलन्युज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस