धादिङका चन्द्र रिजाल टानको अध्यक्षमा उठ्दै

धादिङ, यहि असोज २८ गते सम्पन्न हुन गहिरहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को अधिबेशनमा धादिङ घर भएका पर्यटन चन्द्र रिजालले अध्यक्षमा उम्मेदवारी दिने पक्का भएको छ ।


काठमाडौमा रहि पर्यटन व्यवसायगर्दै रिजाल गोरखा घर भएका सागर पाण्डे सँग चुनाव लड्न लाग्नु भएको हो ।

यस अघिको टानको चुनावमा एमाओवादी नीकट पर्यटन व्यवसायी र नेपाली काँग्रेस नीकट पर्यटन व्यवसायी चुनावी तालमेल गरि धादिङ कै रमेश धमला अध्यक्षमा निर्वाचित भएका थिए ।

यो पटक काँग्रस निकट मानिएका कुलबहादुर गुरुङलाई अध्यक्षमा अघि सारेर बाबुराम निकट मानिएका सागर पाण्डेलाई अध्यक्षको उम्मेदवारी बनाउँदा काँग्रस निकट व्यवसायीहरु बीचमा फाटो देखिएको छ ।

चन्द्र रिजाल पक्षलाई एमाले निकट व्यवसायीको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन (युटिन) र ट्रेकिङ क्षेत्रमा प्रतिस्ठित व्यवसायी शेर्पा समुदाय, वैद्य माओवादी र विप्लव माओवादी निकटका पर्यटन व्यवसायीले सहयोग गर्ने देखिएको छ ।

धादिङ घर भएका तेज गुरुङ प्रथम उपाध्यक्षमा, कृष्णमान श्रेष्ठ सह कोषध्यक्षमा र बासु लम्साल सदस्यको लागि चन्द्र रिजालको प्यानलबाट चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।

को को छन् चुनावी मैदानमा ?

रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्षसमेत हुन् । रिजाल समूहको वरिष्ठ उपाध्यक्षमा टासी शेर्पा, प्रथम उपाध्यक्षमा तेजबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रामप्रसाद सापकोटा छन् । त्यस्तै, महासचिवमा कर्णबहादुर लामा, सचिवमा मुक्ति पाण्डे, कोषाध्यक्षमा नुरुजाङ्बु शेर्पा र सहकोषाध्यक्षमा कृष्णमान श्रेष्ठ छन् ।

त्यस्तै, सदस्यहरुमा रुद्र जंग अधिकारी (सम्भु), तारानाथ लामिछाने (दिनेश), सूर्य घिमिरे, देवी पाण्डे, डम्बर अधिकारी, बासुदेव लम्साल, दावा लामा तामाङ, सरिता लामा र वान्छु शेर्पा रहेका छन् ।

पाण्डे समूहको वरिष्ठ उपाध्यक्षमा कामिरिञ्जी शेर्पा, प्रथम उपाध्यक्षमा तिलक थापा मगर, द्वितीय उपाध्यक्षमा आङछेतार शेर्पा, महासचिवमा आङ तेन्जिङ शेर्पा, सचिवमा ऋषि नेपाल, कोषाध्यक्षमा महेश बुढामगर र सहकोषाध्यक्षमा धनबीर गुरुङ छन् ।

व्यवसायीको विश्लेषणअनुसार अध्यक्षमा उम्मेदवारमा चन्द्र रिजाल अघि देखिएका छन् । एमालेनिकट व्यवसायी, एमाओवादीको आधिकारिक संगठन (युटिन) वैद्य र विप्लव निकट व्यवसायी र शेर्पा समुदायका व्यवसायीको संयुक्त प्यानल भएका कारण रिजाल समूह बलियो देखिएको हो भन्दै धादिंगपोस्ट.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस