देउराली माविमा गठित युवा क्लबको अध्यक्षमा संगीता श्रेष्ठ

धादिङ,  धादिङको नीलकण्ठ नगरपालिका ८ मा रहेको देउराली माध्यमिक विद्यालयमा पहिचान युवा क्लब को गठन गरिएको छ ।

पहिचान युवा क्लब, देउराली माध्यमिक विद्यालय

युवाहरुको क्षमता अभिवृद्धि गर्ने र सकारात्मक सोच को विकास गर्ने उदेश्यले गठन गरिएको क्लबको अध्यक्षमा संगीता श्रेष्ठ रहेका छन् । २५ सदस्यीय क्लबको उपाधक्ष्यमा बोध बहादुर ढुंगाना, सचिवमा पुजा पौडेल , सहसचिबमा सबिना कोइराला र कोषाध्यक्षमा रोशन घले रहेका छन् ।

हेफर इन्टरनेसनल नेपाल, एक्सन नेपाल र साबिकको मुरलीभन्ज्याङ गा.बि.स.को संयुक्त साझेदारीमा संचालित सानाकिसान उख्मीसवलीकरण परियोजना अन्तर्गत क्लबको गठन गरिएको हो । क्लबले आगामी दिनहरुमा विद्यार्थीहरुका लागि विभिन्न रचनात्कम कार्यहरु गर्ने जानकारी गराइएको छ भन्दै पाबिलन्युज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस