बडादशैंको शुभकामना सहित सल्यानटारमा क्रिकेट प्रतियोगिता

धादिङ, धादिङ्ग जिल्लाको त्रिपुरेश्वर खेलकुद विकास समितिको आयोजनामा धादिङ्गकै उत्तरी क्षेत्र सल्यानटारमा विजया दशमीको शुभ अवसरमा स्थानीय युवाहरुको लागि क्रिकेट प्रतियोगिता हुन गैरहेको छ ।



खेलकुदको माध्यमबाट बडादशैंको शुभकामना आदान प्रदान गर्न र युवाहरुको बढ्दो क्रिकेट रुचीलाई हौसला प्रदान गर्ने उद्देश्यकासाथ यही असोज ३० गते देखि कार्तिक ३ गते सम्म आयोजना गरिएको सो प्रतियोगितामा आवश्यक क्रिकेटका सामाग्रीहरु खरीद गर्न तथा पुरस्कार वितरण गर्नका लागि ईजरायलमा कार्यरत साथीहरुले २५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।

सहयोगी साथीहरु
बिष्णु सिम्खडा- रु.१०,०००|-,
कृष्ण थापा- रु. ५,०००|-,
कान्दबरी दाना श्रेष्ठ – रु,५०००|-,
सुजाता गौतम – १०० सेकेल,
मनोज खरेल – १०० सेकेल,
राज छत्कुली – ५१ सेकेल



सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवादका साथै विजया दशमीको मंगलमय शुभकामना सहित क्रिकेट प्रतियोगिताको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं । 

श्रोत : धादिंगअनलाइन.कम 


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस