कक्षा १२ को परीक्षाफल प्रकाशित (२०७२)

२० असोज, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा प्रकाशित गरेको छ ।

गत गत जेठ-असारमा सञ्चालित परीक्षाको बुधबार प्रकाशित नतिजाअनुसार अघिल्लो बर्षको तुलनामा धेरै विद्यार्थीहरु पास भएका छन् । गत बर्षको तुलनामा यसपटक नियमित तर्फ १ प्रतिशत धेरै विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

यसपटक नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । तिमध्ये ६४ हजार ५ सय ६७ जना उत्तीर्ण भएका छन् । गत बर्ष नियमित तर्फ ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यसपटक ४० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

नियमिततर्फ १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ भने २ जनाको स्थगित गरिएको छ । यस्तै आंशिक तर्फ १ लाख २९ हजार ८ विद्यार्थीहरुमध्ये ४१ हजार ९ सय २६ जना उत्तीर्ण भएका छन् । गत बर्ष आंशिकतर्फ ३० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएकोमा यसपटक ३२ दशमवल ४९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको परिषदले जनाएको छ ।

१२ कक्षामा अनुत्तीर्ण भएका विद्यार्थीका लागि आउँदो कात्तिक २१ गते शनिबार मौका परीक्षा हुनेछ । ११ कक्षा पास गरिसकेका र १२ कक्षामा एक विषयमा अनुत्तीर्ण भएकाहरु मौका परीक्षामा सहभागी हुन पाउनेछन् । उच्च माद्यमिक शिक्षा परिषदले विज्ञान संकायको नतिजा भने गत भदौ ११ गते नै प्रकाशित गरिसकेको थियो ।


कम्प्युटर बाट आफ्नो परीक्षाफल थाहा पाउन जन्ममिति र सिम्बोल नम्बर अनिवार्य चाहिनेछ । यदि छ भने www.hseb.ntc.net.np बाट हेर्न सक्नुहुनेछ । 
मोबाइलबाट परिक्षाफल थाहा पाउन मोबाइलको मेसेज बक्समा गई HSEB <space> Symbol-Number टाइप गरि 5001 (५००१) मा पठाउनुपर्नेछ ।



यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस