नेपाली वैज्ञानिकले मंगल ग्रहमा बगिरहेको पानी भेटाए

एजेन्सी : मंगल ग्रहको सतहमा बग्दो पानी भेटिएको अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले जानकारी दिएको छ ।  नासाले सेप्टेम्बर २८, २०१५ (तारिक)  सोमबार राति यस्तो जानकारी दिएको छ ।

लुजेंद्र ओझा (लुजु ओझा)

यसबाट अब मंगल ग्रहमा जीवन मिल्न सक्ने सम्भावना बढेको छ । सतहमा पानी तरल अवस्थामा देखिनु जीवनका लागि सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

नासाका खगोल विज्ञान विभागका निर्देशक जिम ग्रिनले पत्रकार सम्मेलनमा भने, ‘मंगल ग्रह पहिला सोचेजस्तो सुक्खा र रुखो ग्रह हैन । मंगलमा केही निश्चित अवस्थामा पानी तरल अवस्थामा भेटिएको छ ।’

वैज्ञानिकहरूले लामो समयदेखि मंगल ग्रहमा जीवनको सम्भावना रहेको अनुमान गर्दै आएका थिए । नासाले तरल अवस्थामा पानी भेटिनुले हाल पनि त्यहाँ जीवनको प्रचुर सम्भावना रहेको बताएको छ ।

नासाका विज्ञान अभियान निर्देशनालयका सहायक प्रशासक एवं अन्तरिक्ष वैज्ञानिक जोन ग्रुंसफेल्डले भने, ‘सबैभन्दा रोमाञ्चक कुरा मंगलका बारेमा हाम्रो प्राचीन मान्यता, मंगलमा जीवनको सम्भावनाका बारेमा खोजी भइरहेको छ ।’

उनले मंगलमा तरल अवस्थामा पानी भेटिएको र त्यो निकै नुनिलो भएको बताए । यसबाट मंगलमा जीवन रहेको भने ठूलो प्रमाण हुनसक्छ । उनले मंगल ग्रहमा भविष्यमा हुने खोजीलाई निष्कर्षमा पुर्याउन सहज हुने बताए ।

पानी भेटिएपछि मंगलमा मानव पठाउन सहज हुने नासाको भनाइ छ । नासाले यसअघि सन् २०३० सम्म मानव पठाउने योजना बनाएको थियो ।

मंगल ग्रहमा देखिएको पानीको धर्सा (यो समर सिजनमा देखा परेको हो )
ग्रुंसफेल्डले भने, ‘सतहमा बाँच्नका त्यहाँ स्रोत साधन छन् ।’ उनले जीवनका लागि पानी महत्वपूर्ण भएको र त्यसका साथै नाइट्रोजन प्रयोग गरेर त्यहाँ ग्रिन हाउस बनाएर विरुवा उत्पादन गर्न सकिने जानकारी दिए ।

मंगलमा पानीको सम्भावना भने ‘द मार्सियन’ चलचित्र रिलिज हुनुपूर्व नै आशंका गरिएको थियो । त्यस चलचित्रमा ‘म्याट डेमोन’लाई मृत्यु होस् भनेर मंगलमा एक महिनासम्म बिनाभोजन छोडिएको हुन्छ ।

तर उनी एक महिनापछि पनि जीवितै भेटिन्छन् । यसरी साहित्यका, कलाकारले विभिन्न कृति तथा कलामा मंगलमा पानी र जीवन भएको प्रस्तुत गर्दै आएका थिए ।

वैज्ञानिकले मंगलमा कुनै बेला पानी बग्ने र त्यसबाट विभिन्न ताल तलैया बनेको अनुमान गरेका थिए । तीन अर्ब वर्षअघि जलवायुमा आएको परिवर्तनले मंगल प्रभावित भएको उनीहरूको अनुमान छ ।

ग्रिनले भने, ‘आज हामीले यस ग्रहका बारेमा नयाँ कुरा पत्ता लगाएका छौं । मंगल ग्रहको खोजी अभियानबाट यहाँको हावामा आद्र्रता रहेको पुष्टि भएको छ ।’ यहाँको माटो पनि अनुमान गरिएभन्दा निकै कोमल छ ।

मंगलको सतहमा चार वर्ष पहिले गहिरा धर्सा देखिएका थिए । वैज्ञानिकले ती रेखा गर्मीमा बढ्ने र चिसोमा हराउने गरेको पाएका थिए । यो निष्कर्षले ती धर्सा पानीको भएको उनीहरूले दाबी गरेका छन् ।

मंगलमा पानी खोजीका कारक लुजेन्द्र
मंगल ग्रहमा पानी खोज्नेको श्रेय लुजेन्द्र ओझालाई जान्छ । उनी नेपाली हुन् । उनले मार्स रिकन्निसेन्स अर्बिटरले पठाएका तस्बिरको विश्लेषण गरेका थिए ।

तस्बिरलाई विश्लेषण गर्न उनले नयाँ प्रविधि खोजेका थिए । त्यही प्रविधि प्रयोग गरेपछि मंगलको सतहमा नुनिलो पानी भएको थाहा भएको हो । 
नासाले सार्बजानिक गरेको भिडियो हेर्नुहोस :


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस