ठेक्काको २० लाखको लागि धादिंग सेम्जोंगमा हत्या भएको खुलाशा

सडकको ठेक्का कमिसन विवादमा दुई समूहबीचको झगडामा साजन गुरुङ समूहले पहलमान तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त साजन गुरुङ
अभियुक्त साजन गुरुङ
२४ माघ ०७० मा गुरुङसहितका व्यक्तिले तामाङको हत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । गुरुङ फरार थिए । नुवाकोटको सामरी घर भएका तामाङको धादिङको सेमजोम गाविसमा हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको थियो ।

हत्यामा संलग्न राजकुमार तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । मध्यपहाडी राजमार्गअन्तर्गत नुवाकोट–पोखरा सडकखण्डको २७ करोड रुपैयाँको ठेक्का ठेकेदार टंकबहादुर गजुरेलले पाएका थिए । तामाङको समूहले गजुरेललाई सहयोग गरेको थियो ।

तर, राज तामाङ तथा साजन गुरुङको समूहले २० लाख रुपैयाँ मागेको थियो । सोही विषयमा काठमाडौंमा पनि उनीहरूबीच झगडा भएको थियो । हत्या भएको केही दिनअघि मात्र तामाङ धादिङ गएका थिए । आफूमाथि आक्रमण हुने सूचना पाएपछि उनी धादिङबेसीबाट सेमजोममा गएका थिए । त्यहीँ पुगेर गुरुङको समूहले धारिलो हतियारले छातीमा रोपेर तामाङको हत्या गरेको थियो भन्दै Dhadingonline.com मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस