धादिङकी गायिका शोभा त्रिपाठीका गोप्य ५ कुराहरु पढ्नुहोस्

धादिङ, धादिङ मलेखुमा जन्मिएका शोभा त्रिपाठी लोकगायिका, मोडल र कार्यक्रम प्रस्तोताका रुपमा चिनिन्छिन् । टेलिभिजन कार्यक्रम प्रस्तोता हुदै मोडलिङमा प्रवेश गरेकी शोभाले हालसम्म इमेज च्यानल टेलिभिजन, ह्वाइट हिमालयन टेलिभिजन आदिमा कार्यक्रम उत्पादक तथा प्रस्तोताका रुपमा काम गर्दै आएकी छिन बिसेशत हरेक तीजमा सभ्य तीजको गीतहरु प्रस्तुत गर्दै आएकी शोभाले गायिकाको रुपमा देश भर र बिदेशमा पनि कैयन प्रस्तुति दिई सकेकी छिन ।उनी आफ्ना गीतहरुमा आफैं पनि मोडलिंग गर्दछिन भने अन्य गायक गायिकाको गितहरुमा पनि मोडलिंग गरिसकेकी छिन ।



 यसपाली तीजको छेक पारेर उनले आफ्ना केही गोप्य कुरा शेयर गरेकी छिन् जसलाई हामीले शेयर गरेका हौँ , आउनुहोस् जानौ शोभाका ५ गोप्य कुरा :

१. म सँग तीनवटा मोबाईल छ । आईफोन फाइभ एस बोकेर हिड्छु । प्रायसँग कुराकानी आईफोन फाइभ वाटै गर्छु । अर्को छ सामसुङ फोजी एस । प्राय फोटो खिच्ने कार्यक्रम छ भने त्यो बोक्छु । अर्को गीत सुन्नका लागि मात्रै प्रयग गर्छु ।
२. जीवनमा दुई पटक दुर्घटनामा परें । पहिलो पटक भर्खर स्कुटर किनेको थिए राम्ररी चलाउन आउदैन थियो । रोकिराखेको गाडीमा आफैले स्कुटी लगेर ठोके । दोस्रो पटक हिलोमा लड्दा खुट्टामा रगत जम्यो, धेरै दिनसम्म आराम गर्नुपर्‍यो । 
३. चार जना मिल्ने साथीहरुसँग बोलचाल बन्द गरें। पहिला मैले काम गरेको अफिसका तिन जना र कलेजका एक गरि चार जनाले मेरो मन दुखाएका छन् । अहिले उनीहरुसँग भेट हुदा पनि म बोल्दिन ।  
४. कलेज पढ्न सुरु गर्दा ठूलै बिरामी भएँ । धेरै औषधी खानु पर्‍यो । त्यतिवेला म यती दुब्लाएँ कि घरका मान्छेले समेत झण्डै नचिनेका । 
५. पहिलो पटक राष्ट्रिय नाँचघरमा एकल सााझ कार्यक्रम प्रस्तुत गर्दा १८ हजारमा किनेको मोबाइल सेट चोरी भयो, सो समयमा निकै रोएँ । घटना ०६५ सालको थियो, मोबाईल सेट अघिल्लो दिन मात्रै किनेको थिएँ ।

हरेक बर्ष झैँ यो बर्ष पनि तीजको कोशेली लिएर शोभा आइसकेकी छिन । “ठोक मादल” नामक यो उनको आठौ प्रस्तुति हो ।



श्रोत : Pabilnews
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस