राष्ट्रिय वाणिज्य संघ धादिङको अध्यक्षमा लोकनाथ डल्लाकोटी

धादिङ, नेपाल राष्ट्रिय वाणिज्य संघ जिल्ला कार्य समिति धादिङको अध्यक्षमा लोकनाथ डल्लाकोटी चयन भएका छन् ।
राष्ट्रिय वाणिज्य संघ धादिङ, अध्यक्ष : लोकनाथ डल्लाकोटी
राष्ट्रिय वाणिज्य संघ धादिङ, अध्यक्ष : लोकनाथ डल्लाकोटी

समितिको शुक्रबार धादिङको वैरेनीमा सम्पन्न भएको प्रथम साभारण सभा तथा अधिवेशनले २ वर्षको लागि ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघले अधिवेशनबाट २६ जना निर्वाचित गरेको छ भने ५ जना सदस्य कार्य समितिले मनोनित गर्ने छ ।

संघको नि. वर्तमान अध्यक्षमा हरीप्रसाद सापकोटा, प्रथम उपाध्यक्षमा कमल नारायण श्रेष्ठ, द्धितीय उपाध्यक्षमा अजय त्रिपाठी, महासचिवमा शालिकराम दुवाडी, सचिवमा विष्णु श्रेष्ठ, र कोषाध्यक्षमा माधव गजुरेललाई रहेका छन् ।

नयाँ कार्यसमितिलाई नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष तथा स्थायी समितिका सदस्य डा. पुष्प कडेल, नेपाल राष्ट्रिय ब्यापार संघका केन्द्रीय अध्यक्ष धनराज आचार्य, नेकपा एमालेका केन्दीय सदस्य खेमप्रसाद लोहनी एवं नेपाल राष्ट्रिय ब्यापार संघका केन्द्रीय उपाध्यक्ष अर्जुन गौतम लगायतले शुभकामना दिएका थिए भन्दै PabilNews.com मा खबर छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस