नयाँ शिक्षण विधि आत्मसाथ गर्दा आइएसए अवार्ड जितियो

- प्रोजेक्ट टिम लिडर एवम् शिक्षक, श्री अचने उमावि, त्रिपुरेश्वर ३ खहरे, धादिङ का नवराज पाठक संग धादिंग पोस्टले गरेको कुराकानीको साभार :

इन्टरनेसनल स्कुल अवार्ड लिग्दै प्र.अ रबिदत्त सापकोटा साथसाथै शिक्षक अशोक अधिकारि
इन्टरनेसनल स्कुल अवार्ड लिग्दै प्र.अ रबिदत्त सापकोटा साथसाथै शिक्षक अशोक अधिकारि
१. तपाईको विद्यालयले यस वर्षको आइएसए अवार्ड हात पारेको छ, यहाँलाई बधाई छ ।
- धन्यवाद ।
२. यो कस्तो प्रकारको अवार्ड हो ?
- व्रिटिस काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड (आइएसए ISA) भनेको बेन्च मार्किङ स्कीम हो । यसले स्कुललाई उत्कृष्ठ स्तरमा परियोजनामुखी शिक्षण विधिको माध्यमबाट युवालाई ग्लोबल सिटिजन बनाउने क्षमतामा अभिवृद्धि गर्छ साथै पढाउने र अध्ययनको क्षमता बढाउँछ । सन् १९९९ बाट पाइलट प्रोग्रामका रुपमा सुरुवात यो कार्यक्रम हाल विश्वका २० भन्दा बढी देशमा फैएिको छ । यो पुरस्कारमा आइएसए ट्रफी, स्कुल, प्रिन्सिपल र कोअर्डीनेटरका लागि सर्टिफिकेट, कार्यालयका स्टेशनरी र प्रकासनमा आइएसए को छापको प्रयोग मसलन्द तथा प्रवद्र्धनात्मक सामग्री प्राप्त हुन्छ ।
३. आइएसएको खास महत्व के छ ? यो किन चाहियो ?
- यो एउटा कनेक्टिङ क्लासरुम प्रोजेक्ट हो यसकारण नयाँ शिक्षण पद्धतिको रुपमा परियोजना विधिको आफ्नै महत्व हुन्छ । अहिलेको विश्वब्यापी अर्थतन्त्रको परिस्थितिमा यसले डिजिटल लिक्ट्रेसी क्रिटिकल थिङ्किङ एण्ड प्रब्लम सल्भिङ, क्रियटिभीटि एण्ड इम्याजिनेशन, स्टुडेन्ट लिडरसीप, कोलावोरेसन एण्ड कम्युनिकेशन र ग्लोवल सिटिजनसीपमा जोड दिने हुनाले यसको आवश्यकता बढ्दै गएको छ ।
४. व्रिटिस काउन्सिलले सञ्चालन गरेको यो सिकाई विधिमा जाँदा तपाईको अनुभुती ?
- शिक्षकहरुले आफूलाई समय सापेक्ष अद्यावधिक गराउन जरुरी छ । हातमा किताव लिउ र पढाउन शिक्षकले पाठ्क्रम, सन्दर्भ सामग्री र विज्ञान प्रविधिका साथमा परियोजना कार्यबाट विद्यार्थी सहभागितामुखी शिक्षण गर्दा उपलब्धि बढ्दो रहेछ भन्ने विश्वास लिएर अगाडि बढेको छ ।
५. यो सिकाई क्रियाकलाप नेपाल सरकारको पाठ्क्रमसंग मिल्छ कि मिल्दैन के छ ?
- मिल्छ, नेपाल सरकारको परिधिभित्र रहेर नै त्यही पाठ्यवस्तुलाई सिकाउने यो एउटा विधि हो । यसमा कोलाबोेरेटिम प्रोजेक्ट, कोलाबोरेटिम प्रोजेक्ट अन स्कुल, अनलाईन, २० प्रतिशत स्थानीय पाठ्यक्रम प्रोजेक्ट, इन स्कुल प्रोजेक्ट, सप्लिमेन्टरी प्रोजेक्ट, पव्लिक स्टेट, पाट्नरसीप प्रोजेक्ट गरी अन्य देशको र अफ्नो शिक्षण सिकाई प्रक्रिया आदानप्रदान गरिन्छ ।
६. यो सिकाई पछि तपाईको विद्यालयले कस्तो विद्यार्थी उत्पादन गर्ने ?
- यस्तो सिकाईको माध्यमबाट हाम्रो विद्यालयले समयसापेक्ष सूचना प्रविधिको प्रयोगसंगै अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धा गर्न सक्ने सक्षम र विश्वव्यापी नागरिक तयार गर्न सहयोग मिल्छ भन्ने आशा लिएका छौं ।
७. साना केटाकेटीहरुलाई व्यवासायिक शिक्षा, पेशा र व्यवसायसंग जोड्न सम्भव छ ?
- एकदमै सम्भव छ, किनभने यस अन्तर्गत २० प्रतिशतको स्थानीय पाठ्यक्रम जुन व्यवसायीक, पेशा र व्यवसायमा आधारित रहेर सैदान्तिक तथा प्रयोगात्मक शिक्षण गरिन्छ । नयाँ सीप र उत्पादनमुखी अवसर प्रदान गर्छ ।
८. बालबालिकाको मनोविज्ञानलाई कसरी जित्न सकिएला ? कक्षाकोठामा उनीहरुको सहभागिताको प्रतिशतमा सुधार अएको छ ?
- यस शिक्षण विधि परियोजना कार्य भएकोले विद्यार्थी समूहमा सक्रिय सहभागिता हुने र कुनैपनि प्रकारको डर, त्रास नहुने हुँदा स्वतस्फूर्त सीकाई कार्यमा सरिक हुन्छन् । कक्षामा सहभागिता दर हेर्ने हो भने, हाल ९९ प्रतिशतदेखी १०० प्रतिशत नै देखिन्छ । यसकारण यहि परिणामले पनि अन्य विद्यालयहरुको तुलनामा सुधार आएको मात्रै होइन सिकाई विधि बैज्ञानिक छ भन्ने कुराको समेत पुष्टि गर्छ ।
९. यो सिकाई क्रियाकलाप पछि तपाईको विद्यालय विद्यार्थीमैत्री बन्छ भन्ने आधार के छ ?
- यो परियोजनामुखी विद्यार्थी केन्द्रित शिक्षण विधिसंगसंगै बसेर संगै गरेर सिक्ने र बालबालिकाको प्रतिभा प्रष्फुटन गर्ने अवसर मिल्ने भएकोले विद्यालय बालमैत्री बन्ने आधार प्रसस्त मिल्दछ ।
१०. बालबालिकाको शिक्षामा पहुँच र गुणस्तरियता वृद्धि गर्न सकिन्छ भन्ने केही पुष्ट्याई छन् ?
- यो एउटा कनेक्टिङ क्लासरुम परियोजना भएकोले धेरै भन्दा धेरै विद्यार्थीलाई पाठ्यक्रमका विषयबस्तुलाई सूचना प्रविधिको प्रयोगसंगै विश्वव्यापी नागरिकको भावना वृद्धि गराई गुणस्तरिय शिक्षा प्रदान गर्दछ र गरिरहेको पनि छ ।
११. यो परियोजना संचालन गर्न क–कसबाट सहयोग पाउनुभयो र उहाँहरुबाट तपाईको अबको अपेक्षा के हो ?
- विशेष गरी यो कार्यक्रममा सहभागिता गराउन युएम्एन् धादिङ क्लष्टर, व्रिटिस काउन्सिल, राष्ट्रिय तथा अन्तराष्ट्रिय पार्टनर स्कुलहरु, विद्यालय परिवार लगायत अन्य सरोकारवाला पक्षहरुबाट समेत निकै ठूलो सहयोग प्राप्त भएको थियो । आगामी दिनहरुमा पनि विभिन्न व्यक्तिहरु र ति सहयोगी संस्थाहरुबाट आवश्यक सुझाव, सल्लाह र सहयोगको निरन्तर अपेक्षा गर्दछु ।
१२ अन्तमा तपाईको विद्यालयमा संचालित यो सिकाई विधिको बारेमा छिमेकी विद्यालयहरुलाई भन्नुपर्ने केही छन् कि ?
- हामीले जस्तै अन्य विद्यालयहरु पनि आफ्ना निश्चित मापदण्डका आधारहरु पुरा गरी कनेक्टिङ क्लासरुममा सहभागी भई समय सापेक्ष शैक्षिक गुणस्तर वृद्धिमा सहभागि बन्नुहोस् भनी सुझाव दिन चाहन्छु । हाम्रो विद्यालयले हात पारेको सफलताको बारेमा प्रचार–प्रसार गरिदिनुभएकोमा तपाईलाई पनि धन्यवाद दिन चाहन्छु धन्यवाद ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस