मुरलीभन्ज्याङ स्वास्थ्य चौकीको शिलान्यास

धादिङ, गत वैशाख १२ गतेको भुकम्पले जीर्ण बनाएको मुरलीभन्ज्याङ स्वास्थ्य चौकी भवनको सोमबार शिलान्यास गरिएको छ ।

मुरलीभन्ज्याङ स्वास्थ्य चौकी सिलान्यास गरिदै
मुरलीभन्ज्याङ स्वास्थ्य चौकी सिलान्यास गरिदै

धादिङको नीलकण्ठ नगरपालिका ९ ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको जग्गामा मुरलीभन्ज्याङ स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ प्रसाद लंसाल, जग्गादाताहरु हरिबहादुर दुवाडी, दयानाथ शर्मा दुवाडी र समाजसेवी घनानाथ लंसालले संयुक्त रुपमा शिलान्यास गरिएको हो । शिलान्यास गर्दे गर्दा पण्डितद्वय पशुपती लंसाल र नारायण प्रसाद ढकालले स्वस्तीबाचन गरिएको थियो ।

स्वास्थ चौकी निर्माण गर्न स्थानिय हरिबहादुर दुवाडीले एक रोपनी र दयानाथ शर्मा दुवाडीले १ रोपनी २ आना जग्गा निशुल्क रुपमा प्रदान गरेको थियो । स्वास्थ्य सेवा विभागको बजेट अनुसार शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यलय नुवाकोटले टेण्डर आब्हान गरेको स्वाथ्य चौकीको भवन निर्माण सम्पन्न गर्नको लागि स्थानिय ठेकेदारहरु गणेशकुमार श्रेष्ठ र पदम बहादुर श्रेष्ठ जिम्मा लिएका छन् । २ करोड १४ लाखमा टेण्डर आब्हान गरिएको भएपनि १ करोड ८४ लाखमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको मुरलीभन्ज्याङ स्वास्थ्य थौकीका इन्चार्ज कृष्ण बहादुर पौडेलले जानकारी दिए ।

मुरलीभन्ज्याङ स्वास्थ्य चौकी सिलान्यास गरिदै
मुरलीभन्ज्याङ स्वास्थ्य चौकी सिलान्यास गरिदै

शिलान्यास कार्यक्रममा बोल्दै स्थानिय राजनैतिक दलका नेताहरुले तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्नको लागि सवैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शिलान्यास कार्यक्रममा नीलकण्ठ ८ ९ र १० का सवै स्वास्थ्य स्वयंसेविकाहरु, आमा समुहका सदस्यहरु, एच सी ३ परियोजनाका प्रतिनिधि लगायत स्थानियहरुको उपस्थिति रहेको थियो भन्दै पाबिलन्युज.कम  मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस