किसानहरु अहिले नगदे बाली तिर आकर्षित भए

धादिङ, कोदो र मकैको खेती गर्दै आएका धादिङका ग्रमिण क्षेत्रका किसानहरु अहिले नगदे बाली तिर आकर्षित भएका छन् । पाखो जमिनमा कोदो र मकैको खेतीबाट आम्दानी दिन लामो समय कुर्नु पर्ने र उत्पादन समेत सोचे जती नहुने भएका कारण उनिहरु नगदे बाली तिनर लागेका हुन् ।

तिलको ब्यबसायिक खेति
तिलको ब्यबसायिक खेति


अहिले धादिङका ति किसानहरु तरकारी खेतीसंगै तेलीय बस्तु उत्पादन गर्ने खेती तिर समेत उल्लेखिय रुपमा लागेका छन् ।

बिशेष गरी आजकाल भने किसानहरु महङ्गो मुल्यमा सजिलै बिक्री हुने तिल,तोरी, जुसेजस्ता बस्तुहरको ब्यवसायीक खेती गर्न सुरु गरेका छन् । पहले पहिले आफ्नो् घरायसी प्रयोजनका लागी कता कतै खेती गर्ने गरेको तिल र जुसे आजकाल एउटै किसानले सात आठ रोपनी क्षेत्रफलमा समेत लगाउन थालेको छ ।

किसानहरुले यस्तो प्रकारको बालीको लगाउदा खेती गर्नका लागी अरुबाली भन्दा सजिलो हुने र विक्रिका लागी जन्जट समेत नहुने र मुल्य पनि सबै भन्दा महङ्गो हुने भएका कारण यस्तो खतीको सुरुवात गरेको बताएका छन् ।

अरु बाली लगाउदा मलजल र गोडमोल समेत धेरै गर्नु पर्ने धेरै मिहेनत खर्चेर कम आम्दानी हुने र नगदे बालीको रुपमा तिल खेती गर्दा मलको त्यति आवाश्यकता पनि नपर्ने र गोडमेलको समेत त्यति जरुरी नहुने भएका कारण खेती गर्न सजिलो हुने भन्दै किसानहरुले विषेस गरी नयाँ खेती गर्ने जमिनहरुमा जुसे र तिल छर्नेगरेको बताउछन् ।

यस प्रकारको बाली लगाउदा माटो समेत मलिलो हुने विश्वास किसानहरुमा रहेको छ ।
एक रोपनी जमिनमा लगाएको झुसे र तिलको विक्रिबाट किसानहरु गत साल दश हजारसम्म आम्दानी लिएको थियो ।        प्रति किलो ग्रमको मुल्य बजारमा अहिले तिलको तिन सयसम्म पर्ने गरेको छ भने प्रति पाथी झुसेको चार सयसम्म पर्ने गरेको छ ।

किसानहरुले अहिले कुम्पुर, सल्यानटार, सलाङ्ग, नलाङ्गलगाएतका स्थानहरुमा ब्यवसायीक रुपमा तिल खेती सुरु गरेका छन् ।

धादिङमा उत्पादन भएको तिल विषेस गरी धादिङको मलेखु बजार, चितवन र पोखरा काठमाण्डौका बजारहरुमा बिक्रीका लागी जाने गर्दछ भन्दै kalakunja.com मा खबर छ ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस