कल्पना धमला बाबुराम तिर

धादिंग, संविधान निर्माण प्रक्रियामा भारतलाई बेवास्ता गरेको भन्दै बाबुराम भट्टराईले एमाओवापाटी नै परित्याग गरे ।

पुर्ब-सभासद कल्पना धमला
तर, नयाँ शक्ति भन्दै आएका उनलार्य अरुले त परै जाओस् पार्टीभित्र उनकै दाहिने हातका रुपमा चिनिएका नेताले पनि साथ छोडेका छन् । अाजकाे बुधबार साप्ताहिकमा खबर छ– बाबुरामले सबैभन्दा ठूलो भर स्थायी समिति सदस्य टोपबहादुर रायमाझीको गरेका थिए । तर अहिले रायमाझीले भट्टराईको साथ छोडेका छन् । 

उनलाई साथ दिनेमा १५० केन्द्रीय सदस्य मध्ये जम्मा ९ जनामात्र छन् । जसमा पत्नी हिसिला यमी, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, रामरिझन यादव, प्रभू साह, रामचन्द्र झा, रामकुमार शर्मा, देवेन्द्र पराजुली र कल्पना धमलाले मात्र उनलाई साथ दिने बताइन्छ भन्दै धादिंगपोस्ट.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस