झार्लाङ्ग गाँउका बालवालीकाहरु अधिकाम्स विरामी

धादिङ, उत्तरी धादिङको झार्लाङ्ग गाँउका बालवालीकाहरु अधिकाम्स विरामी पर्न थाले छन् । ज्वरने आउने खोकी लाग्ने र झडापखालाका कारण त्यहाँका अधिकाम्स बालवालीकाहरु विरामी परेका हुन् ।

झार्लांगका स्थानीय
झार्लांगका स्थानीय

भुकम्पका कारण बस्ने घर भत्किय पछी अस्थाई टहरामा बस्नु पर्ने बाध्यता रहेको र ससाना बालवालीकाहरुलाई चिसोका कारण ज्वरो आउने रुघा खोकी र निमोनीया भएको अभिभावकहरुको भनाई छ । यस्तै पहिले घर घरमा भएका शौचालयहरु समेत भत्किएको र जथाभावी खुल्ल स्थानमा दिशा र पिसाप गर्ने भएका कारण समेत रोगको प्रकोप देखा पर्न थालेको अनुमान छ ।

सफा पिउने पानी नभएकोले बालवाललीकाहरुमा र ठुला मान्छेमा समेत झाडा पखाला र आँउ पर्ने जस्ता समस्या रहेको त्यहाँका स्थानीयहरुको भनाई छ । केही दिन अघीदेखी यस्तो समस्या धेरै जसो ठुला मानिसहरुमा समेत देखा पर्न थालेको छ । उपचारका लागी स्वास्थ्य चौकी लेगे पनि निको नभएको र उपचार सेवा समेत प्रभावकारी नभएको पिडितहरुको गुनासो रहेको छ । 

बिशेष गरी झार्लाङ्ग गाँउ विकास समितीको मेङगाङ स्थित दलीत बस्तीमा भने सबै बालवालीकाहरुमा यस्तोे समस्या देखा परेको छ ,भने ठुला मान्छेहरुमा भने टाउको दुख्ने ज्वरो आउने रिगटा लाग्ने र कहिलेकाही पखाला समेत लाग्ने समस्या रहेको छ ।

भुकम्प पश्चात जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य र सरसफईको नामा सदरमुकाम आसपासमा विभिन्न कार्यक्रमहरु संचालन गरेको भए पनि विकट बस्तिहरुमा भने त्यो अझै पुग्न सकेको छैन । स्वास्थ्य र सरसफई सम्बन्धी जनचेतनाको कमी रहेको सो बस्तिका स्थानीयहरुलाई स्वास्थ्य सम्बन्धी चेताना मुलक कार्यक्रमहरु तत्काल संचालन गर्नु पर्ने देखिन्छ भन्दै कलाकुन्ज.कम मा खबर छ ।

यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस