गोर्खाली युवकले कोरियामा आत्महत्या गरे

सोल, तीन महिनाअघि मात्र रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् ।

बोरलांग–७ गोरखाका २५ वर्षीय प्रदीप भट्ट
बोरलांग–७ गोरखाका २५ वर्षीय प्रदीप भट्ट

खजेदोस्थित पानीजहाज बनाउने डीएसएमइ कम्पनीमा कार्यरत बोरलांग–७ गोरखाका २५ वर्षीय प्रदीप भट्टले शुक्रबार बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन् ।

तीन महिनाअघि कोरिया आएका भट्ट काम सुरु नगर्दै कम्पनी बन्द भएपछि अर्को कम्पनीमा स्थानान्तरण भएका थिए ।

उनका सहकर्मी पोखराका मनोज भण्डारीका  अनुसार भट्टले कोरियामै रहेका सहोदर दाजुलाई सम्बोधन गरी लेखिएको ‘सुसाइड नोट’ फेला परेको छ ।

सुसाइड नोटमा उनले दाजुले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आफुले सहयोग गर्न नसकेमा दुःख व्यक्त गरेका छन् ।

उनले झुन्डिनुअघि लेखेको सुसाइड नोटमा नेपालमा संविधानप्रति पनि शुभेक्षा व्यक्त गरेका  छन् ।

पित्तथैलीमा समस्या भएपछि भट्टले यसअघि १५ दिन आराम गरेको सहकर्मी पोखराका मनोज भण्डारीले जानकारी गराए ।

नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङले घटनाबारे अनौपचारिक जानकारी आएको बताउँदै पोस्टमार्टमपछि शव नेपाल पठाउने प्रक्रिया थालिने जानकारी दिए ।

मृतक भट्टको परिवारमा  बुबाआमा, दुइ दाइ र एक बहिनी छन् । भट्टका एक दाजु कोरियामै रोजगारीको क्रममा रहेका छन्  भन्दै धादिंगअनलाइन.कम  मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस