गोदावरीबाट फर्केको बस धादिङको जीवनपुरमा दुर्घटना, पाँच जनाको मृत्यु

(नोट : अपडेट गरिएको समाचार)
धादिङ, लागेको १२ बर्षे मेला भरेर फर्किएको बस धादिङको जीवनपुरमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ ।
नेपाल नक्शा मा धादिंग
नेपाल नक्शा मा धादिंग

गोदावरीमा आएका तीर्थालुले खचाखच बा २ ख २३२१ नम्बरको बस धादिङको जीवनपुर–५ चिउरीमोडमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु भएका मध्ये धादिङ जिवनपुर ५ का अन्दाजी ५५ वर्षिया ठुली तामाङ, जिवनपुर ५ कै अन्दाजी २५ वर्षिय प्रताप तिमल्सिना र सोहि ठाउँका अन्दाजी ३० बर्षिया प्रमिला सापकोटाको सनाखत भएको प्रहरीले जनाएको छ ।

१२ बर्षे गोदावरी मेलाको दृश्य
१२ बर्षे गोदावरी मेलाको दृश्य 


उपचारका लागि काठमाण्डौँ लैजाँदै गर्दा मृत्यु भएका २ जनाको भने सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन् । जसमध्ये सात जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि धादिङको खानीखोला र काठमाडौंबाट उद्धारका लागि प्रहरी टोली परिचालि भएको छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस