धादिङबेसी प्रगतिटोलमा खानेपानीको पाइपमा कुहिएको मुसा फेला

धादिङ, धादिङ सदरमुकाम धादिङबेसी नगरपालिका ३ शान्तबजार स्थित प्रगतिटोलमा मंगलबार खानेपानीको पाइपमा कुहिएको मुसा, कुहिएको आन्द्रा अड्किएको फेला परेको छ ।

पाइपमा भेटिएको कुहिएको मुसा
पाइपमा भेटिएको कुहिएको मुसा


स्थानीय कृष्णप्रसाद सिलवालको घरमा मेन लाइनबाट पाइप जोडेको ठाँउमा पानी नआएपछि खानेपानीको प्रतिनिधिलाई बोलाएर पाइप काट्न लगाउँदा यस्ता बस्तुहरु भेटिएको हो भनेर Pabilnews मा खबर छ ।

यस क्षेत्रमा तीनदिनदेखि पाइप लाइनमा गन्हाउने खानेपानी आएको स्थानीयहरुको भनाई छ । अहिले त्यस ठाँउको पाइप लाइन काटिएको छ । धमिलो पानीले टोलका मानिसहरुलाई वाकवाकि लाग्ने समस्या भएको सिलवालले जानकारी दिए  ।
यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस