धादिङमा रासायनीक मलको अभाव किसानहरु मर्कामा

धादिङ, रोपाई गर्ने समयमा वर्षात नभएका कारण कतिपय खेतहरु बाँझै छाड्न बाध्य बनेका धादिङका किसानहरु फेरी रासायनीक मलको अभावका कारण मर्कामा परेका छन् ।

रासायनीक मल

लामो समयदेखीको विभिन्न माग राख्ददै तराईका जिल्लाहरु बन्द भएका कारण सहजै मोल ढुवानीमा गर्न नसक्दा धादिङ जिल्लामा आवाश्यक पर्ने रासायनीक मोल सहजै उपलब्द हुन नसकेको हो ।

पानीको अभावका बावजुद पनि बल्ल तल्ल रोपाई गरेको खेतमा पनि रासायनीक मोल राख्न नपाएको उब्जनी समेत नहुने हो की भन्ने चिन्ता किसानहरुमा परेको छ ।

धानमा पर्याप्त रासायनीक मल राख्न नपाउदा खेतमा भएको धानको बोट समेत पहेलो बनी मर्न थालेको किसानहरुको भनाई छ । भने टारी खेत भने अझै रोपाई हुन सकेको छैन ।
अहिले धादिङका किसानहरुको धान खेतमा रासायनकि मोलको अभावका कारण धानमा रोग लागेको छ भने धानको बोट सुकेर पहेलो भई मर्न समेत थालेको छ । गोठे मोल मात्र हाल्दा धान त्यति राम्रो नहुने किसानहरु बताउछन् ।

किसानहरुले धादिङ जिल्ला भर १७ हजार हेक्टर जमीनमा धान खेती गर्दै आएका छन् । पोटास, युरीयउा मल र गेडे मल गरी जिल्ला भरी करिब आठ हजार मेट्रिक टनको आवाश्यकता पर्ने भए पनि हालसम्म धादिङ जिल्लामा एक हजार मेट्रिकटन रासायनीक मल पनी नआएको जिल्ला कृषी विकास कार्यालयले जानकारी दिईएको छ ।

तराई बन्दका कारण धादिङमा रासायनीक मलको माग अनुरुप ढुवानी हुन नसक्दा किसानहरुले सरकारसंग तराईका आन्दोलनरत विभिन्न राजनीतीक दलका नेताहरुसंग बर्ता गरी बन्द र हड्ताल सधैको लागी बन्दगराउनु पर्ने माग समेत राखेका छन् भन्दै कलाकुंज.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस