धादिङमा पनि नाकाबन्दीको विरोध

धादिङ,  भारतीय पक्षले गरेको अघोसीत नाकाबन्दीको विरोध गदै धादिङको सदरमुकाम धादिङमा आज नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले विरोघ जुलुस निकालेको छ ।

भारतीय पक्षले गरेको अघोसीत नाकाबन्दीको विरोध गदै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु

भारतले नेपालको सार्वभौमसत्ता माथि हस्तक्षेप गर्न खोजेको भन्दै विरोध गरेका हुन् । नेपाल स्वतन्त्र मुलुक भएकोले नेपाली जनताहरुले कसैको दमनमा नबस्ने र कुनै पनि देशले आफ्नो देशको सार्वभौमसत्ता माथि हस्तक्षेप गर्न खोजेको नेपाली जनताहरुलाई मान्य नहुने जुलुसमा सहभागीहरुले बताएका थिए ।

जुुलुसमा 'नेपाल माथि लगाईएको अघोषीत नाकाबन्दी तत्काल फिर्ता गर !', 'अन्तराष्ट्रिय कानुनको पालना गर !', 'भारतीय विस्तारवाद मुर्दावाद !' भन्ने जस्ता नाराबाजी गर्दै प्लेकाडहरु बोकी बजार परिक्रमा गरेको थियो.. जुलुस नीलकण्ठ क्याम्पसबाट निश्केर बजारका सबै भागको परिक्रमा गरेपछी कोणसभा गरी अन्त्य भएको थियो । 

जुलुशको साथसाथै "भारतले अहिले अघोषीत रुपमा गरेको नाका बन्दी तत्काल नहटाए भारत विरोधी कडा भन्दा कडा आन्दोलन गर्ने" चेतावनी समेत दिएका छन् भन्दै कलाकुंज.कम मा खबर छ ।


यदि यो समाचार महत्वपूर्ण छ भने सेअर गरि सबैसामु पुर्याउन नबिर्सनुहोला ...

गुगल प्लसमा सेअर गर्नुहोस